जेरुसेलम । एम्स्टर्डममा भएको झडपमा इजरायली फुटबल समर्थक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शुक्रबार दुईवटा उद्धार विमान नेदरल्याण्ड्स पठाउने निर्देशन दिनुभएको छ । प्रधानमन्त्री नेतन्याहुको कार्यालयले ‘इजरायली नागरिकविरुद्ध भएको हिंसात्मक घटना’को कारणबारे केही बताएको छैन, तर डच सञ्चारमाध्यम एटी-फाइभले बिहीबार राति युरोपा लिगको एक खेलमा समर्थकहरूबीच झडप भएको रिपोर्ट गरेको छ । बिहीबारको खेलमा इजरायली फुटबल टोली म्याकाबी तेल-अभिभले अजाक्स एम्स्टर्डमको सामना गरेको थियो ।
रिपोर्टअनुसार शहरको मध्यभागमा थुप्रै व्यक्तिबीच झगडापछि भौतिक आक्रमण र तोडफोडका घटनासमेत भएका छन् ।
‘प्रधानमन्त्री नेतन्याहुले यस भयानक घटनालाई अत्यन्त गम्भीरताका साथ लिनुभएको छ । डच सरकार तथा सुरक्षा बलहरूले दंगाकारीहरूविरुद्ध कडा, छिटो कदम चाल्न र इजरायली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न माग गर्नुभयो’, नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘घटनास्थलमा ठूलो संख्यामा सुरक्षा गाडीहरू उपस्थित भइसकेका छन् भने सम्भावित थप झडपलाई मध्यनजर गर्दै थप सुरक्षाकर्मीलाई बोलाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । प्रहरी प्रवक्ताले एएनपी समाचार संस्थालाई दिएको जानकारीअनुसार घटनामा संलग्न रहेको आरोपमा ५७ जनालाई पक्राउ गरिएको छ ।
बिहीबार एम्स्टर्डमको प्रहरीले सामाजिक सञ्जालमा एउटा भवनबाट प्यालेस्टाइनको झण्डा च्यातिएकोलगायत राजनीतिक संलग्नताको आरोप लागेका घटनालाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाएको जनाएको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच