अनशनरत सांसद गौतमको अवस्था बिग्रदाे, सरकार माथि जन दवाव बढ्दै

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 7 mins

बर्दिया । जेष्ठ महिनाको प्रचण्ड गर्मि मानिसहरुको चहलपहल बजारलगायतका क्षेत्रमा विहान र बेलुकीपख बाहेक दिउसो पातलो हुने गर्दछ तर विगत १ हप्ता देखि बर्दियाको जब्दिघाट पुलमा दिउसोको प्रचण्ड गर्मिमा पनि मानिसहरुको चहलपहल निकै बढेको छ । यो चहलपहल कुनै मेला वा महोत्सवको लागि होइन । शरिर नै झिजाउने तथा तातो हावा चल्ने दिउसोको समयमा पनि महिला तथा पुरुषहरु ओहर दोहर गरिरहेका देखिन्छन । मानिसहरुको त्यो चहलपहल भत्किएको पुल हेर्नका लागि पनि होइन, त्यहि पुल निर्माण गरियोस भन्दै आफ्नै क्षेत्रका सांसद आमरण अनशन बसेको हुँदा ऐक्यवद्धता जनाउन मानिसहरु विहान दिउसो र बेलुकी अनशन स्थल जाने गरेका छन ।

गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको भत्किएको पुलमुनि आमरण अनशन वस्नु भएका बर्दिया क्षेत्र न १ का सांसद सञ्जय कुमार गौतमको अभियानलाई समर्थन जनाउदै विगतका अनुभवलाई सम्झदै तत्काल पुलनिर्माण कार्य थालनी गर्नु पर्ने माग पनि गरेका छन ।

गुलरिया नगरपालिका-५का सन्तोष थारुले यो क्षेत्रको लागि पुल पहिलो आवश्यकता भएको हुँदा आफैले निर्वाचित गराएर पठाएको प्रतिनिधिले जति आवाज उठाउदा पनि नभएपछि आफुहरुले पनि अनशनमा समर्थन गरेको बताउनु भयो । त्यस्तै बारबर्दिया नगरपालिका-६ का सुमन ओलीले भन्नुभयाे- 'सरकारले सांसदका कुरा त सुन्दैन भने जनताका कुरा झन कसरी सुन्न सक्ला र ? पुलभत्किएको ६ वर्ष बितिसक्दा पनि पुनःनिर्माण नहुनु त्यो भन्दा वढि दुख के होला ?' उहाँले यिनैकारणले अनशनमा आफ्नो पनि समर्थन रहेको बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले उठाएका माग जायज भएको भन्दै बरिष्ठ पत्रकार तथा लेखक नरेन्द्रजंग पिटरले ऐक्यबद्धता जनाउदै यस्तो अवस्था आउनु विडम्बना भएको बताउनु भयो । नेपाली काग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका गौतमले थालेको कार्यलाई बर्दिया वार एसोसियसनका अध्यक्ष कमल प्रसाद पाण्डेले ऐक्यबद्धता जनाउदै माग सान्दर्भिक भएको हुँदा नेपाल सरकारले तत्काल सम्बोधन गर्नु पर्ने बताउनु भयो । अधिवक्ता खडानन्द तिवारीले पनि राज्य संयन्त्र नै दोषि भएको हुँदा जनपेक्षित मागलाई तत्काल सम्बोधन गर्नु पर्ने बताउनु भयो ।

दैनिक हजारौ मानिस, सयौ सवारी साधन ओहर दोहर गर्ने जब्दि घाटको पुल भत्किदा प्रत्यक्ष असर परेको वर्षा याममा जोखिम पुर्ण यात्रा गर्न बाध्य भएको हुँदा तत्काल पुल निर्माण कार्य अगाडि बढाउनु पर्ने भन्दै संसदमा कुरा उठाउँदा समेत वास्ता नगरिएको र बर्दिया सधै ओझेलमा परेको हुँदा १५ बुदे माग राख्दै आफु अनसनमा बसेको सांसद सञ्जयकुमार गौतमले यो पंक्तिकारलाई अनशनको पहिलो दिन जानकारी गराउनु भएको थियो । अनसनको सातौ दिन विहान यो पंक्तिकार उहाँलाई भेटन जाँदा उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्थ्यो । गौतमको स्वास्थ्य परिक्षण गरिरहनु भएका जिल्ला अस्पताल बर्दिया सुपु डा.सुभाष पाण्डेकाअनुसार गौतमको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

शरिरमा खाना र पानीको कमिका कारण समस्या देखिएको पिसावमा किटोन वढि देखिएको छ । जसकाकारण मिग्रौला तथा मुटुमा प्रभाव पार्ने बताउनु भयो । अव उहाँलाई तत्काल उपचारको आवश्यकता भएको पाण्डेको भनाई छ । उता गौतमले भने आफ्ना माग पुरा नभए सम्म आफुले अनशन नतोड्ने बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले अनशन बस्नु भएको विषयमा सम्वन्धित मन्त्रालयमा जानकारी गराइएको बताउनु भयो । साथै उहाँले भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र सचिव संग माग तथा अनशनरत माननियको अवस्थाको विषयमा पनि आफुले जानकारी गराएको बताउदै माथिबाट कुनै केहि आदेश नआएको हिमालय टाइम्सलाई बताउनु भयो । साथै उहाँले भत्किएको पुल नदिको विचबाट हटाउने काम सडक डिभिजन कार्यालयले सुरु गरिसकेको बताउनु भयो ।

पप्पु कन्स्ट्रसनले निर्माण गरेको जव्दिघाटको पुलनिर्माण कार्य सकिएलगत्तै हस्तान्तरण नहुदै २०७४ सालमा भत्किएको थियो । भत्किएको पुलबाट मानिस ओहोर दोहर गर्ने अवस्था भएपनि २०७९ साल असोज २० गते आएको बाढिले पुर्ण रुपमा पुल भत्काएपछि आउजाउ रोकिएको छ ।

३ पटक निर्वाचित सांसद मन्त्री समेत भई सकेको, बर्दियाको निर्वाचित सांसद, सत्ताधारी पार्टिको सांसद जसले बर्दियाको विकासका लागि संसदमा उठाएको आवाजलाई समेत सरकारी पक्षबाट वेवास्तागर्दा आजआमरण अनशन वस्नु परेको अवस्था सृजना हुँदा के साच्चै सांसदहरुले आफ्नो क्षेत्रको विकासका लागि आमरण अनशन वस्नु नै पर्ने हो त ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?