बेकोका घरायसी सामानमा अफर

Read Time = 2 mins

काठमाडौं । चौधरी ग्रुपले गत वर्षदेखि नेपाली बजारमा बिक्री गर्र्दै आएको युरोपको टप होम अप्लायन्स ब्राण्ड बेकोका उत्पादन खरिद गरी आफ्ना ग्राहकलाई ढुक्क हुन आहृवान गरेको छ । उसले चौधरी ग्रुपद्वारा वितरित बेकोका सम्पूर्ण उत्पादनमा शतप्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएको छ । कम्पनीले नेपालभर आफ्ना ४० भन्दा बढी सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आएको छ भने बेकोका उत्पादनमा १२ वर्षसम्मको पार्ट्स वारेन्टी रहेको छ ।

कम्पनीले जाडो मौसमलाई लक्षित गर्दै वेलकम विन्टर नामक योजना पनि ल्याएको छ । उक्त योजनाअन्तर्गत ग्राहकले बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने सामान खरिदमा आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । वासिङ मेसिन र वासर ड्रायर खरिदमा छ केजीको सर्फ एक्सेल म्याटिक वासिङ पाउडर र डिसवासरको खरिदमा दुई प्याकेट फोर्चुन डिसवासर ट्याब्लेट तथा एयर कन्डिसनर खरिदमा चार हजार रुपैयाँ बराबरको फ्री इन्स्टलेसन सुविधा रहेको छ ।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी गुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ । सिजी डिजिटल शोरुम काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुरको राधे राधे, कीर्तिपुर, रविभवन, हात्तीगांैडा, त्रिपुरेश्वर, नयाँबजार, वसुन्धारा, जोरपाटी र काठमाडौंबाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?