
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज पोखरा एभेन्जर्सले जर्सी सार्वजनिक गरेको छ । टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले राजधानीमा आयोजित एक कार्यक्रममा जर्सी सार्वजनिक गर्नुभयोे । मुस्ताङको लोमान्थाङ पुगेर सार्वजनिक गरिएको जर्सी भिडियोमार्फत सार्वजनिक गरिएको थियो । यस्तै जर्सी सार्वजनिक कार्यक्रममा पोखराका मार्की खेलाडी कुशल भुर्तेलसहितका नेपाली खेलाडी जर्सी लगाएर उपस्थित थिए ।
पोखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनलाई केन्द्रित गरी लोमान्थाङबाट जर्सी सार्वजनिक गरेको अध्यक्ष सुबोध त्रिपाठीले बताउनुभयो । ‘जलवायु परिवर्तन, हिमालय पग्लिने कुरालाई क्रिकेटका माध्यमबाट उजागर गर्न खोजेका छौं, उहाँले भन्नुभयो, ‘गण्डकीमा हिम पर्वत शृंखलाको पर्यटन प्रवद्र्धन गर्न र नियमित पग्लिरहेको हिउँको कुरा विश्वमै ल्याउन लागिरहेका छौं । यसमा हामी गम्भीर हुनुपर्नेछ । यसमा एउटा सन्देश दिनका लागि पनि हामी आएका छौं ।’
जोन्टी रोड्सले पोखरामा आबद्ध हुन पाउँदा उत्साहित रहेको बताए । ‘पोखरामा आबद्व हुँदा उत्साहित छु । मेरो अनुभव र ज्ञानले पोखरामात्र होइन नेपाली क्रिकेटको विकासका लागि सहयोग पुग्ने विश्वास लिएको छु,’ रोड्सले भन्नुभयो । कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का पोखराका ब्राण्ड एम्बेस्डर कलाकार सन्दीप क्षेत्री, १४ वटा हिमाल आरोहण गरेका निमा तेन्जिङ शेर्पालगायतको उपस्थिति थियो ।
टोलीले इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजीव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उहाँ चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुनुहुन्छ ।
क्यानको आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा पोखरासँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच