काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जापानी संस्थाबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ । भूकम्प, बाढी, पहिरोलगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुनस्र्थापनामा सहकार्यका लागि नेपाल चेम्बर र जापानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी, युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्य गर्ने समझदारी भएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच विपद् व्यवस्थापन पूर्वतयारीका लागि सहकार्य सुरु भएको चेम्बरले जनाएको छ ।
जसका लागि जापानको प्राविधिक सहयोग एवं जनचेतनाका लागि सहकार्य गर्ने विषयमा सहमति भएको छ । जोखिम पूर्वतयारी तथा समग्र विपद् व्यवस्थापनका विषयमा स्थानीयस्तरमा नागरिकको प्रत्यक्ष सहभागिता हुने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले बताउनुभएको छ ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले वास्तविक तथ्यांकको अभावले पनि उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा प्रभावकारी परिणाम हासिल गर्न चुनौती रहेको भन्दै जापानी निकायसँगको प्राविधिक सहकार्यमा वास्तविक लगत संकलन गर्न सकिने बताउनुभयो । चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मलहोत्राले विपद् व्यवस्थापनमा जपानी संस्थाहरूसँग चेम्बरले गर्ने सहकार्य स्थानीय तहसम्म पुर्याइने बताउनुभयो । यस्तो कार्यक्रम चेम्बरले पाँच वर्षअघि नै सुरु गर्ने तयारी गरे पनि कोरोनाका कारण प्रभावित भएको उहाँको भनाइ थियो ।
अर्वान रेजिलेन्स रिसर्च सेन्टरका प्राध्यापक डा. इकुटा एसुकेले विपद् व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्यक्रममा बढीभन्दा बढी जनसहभागितामा जोड दिनुभयो । रेजिलेन्स रिसर्च सेन्टरमार्फत् विपद् व्यवस्थापन प्रतिकार्यसम्बन्धी जनचेतना अभिवृद्धि एवं प्राविधिक सहयोगका लागि चेम्बरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको पनि उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच