काठमाडौं । जापान भ्रमणका विषयमा विवाद भएपछि कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा (एमाले) ले संगठित सदस्यबाट निलम्बन गरेको छ ।
एमाले कोशी प्रदेश कमिटीले उहाँलाई आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीका सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाएको छ ।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनु हाे ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रीको हैसियतमा केही दिन अगाडि अधिकारी वैदेशिक भ्रमणका लागि जापान जानुभएकाे थियाे ।
उहाँले आवश्यक मापदण्ड तथा प्रक्रियाहरूसमेतको बेवास्ता गरी पदीय मर्यादाविपरीत जापानको भ्रमण गरेपछि पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा समेत दिइसक्नुभएकाे छ । उहाँमाथि मानव तस्करीको गम्भीर आरोप लागेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच