काठमाडौं । वन पुनर्स्थापनाका लागि काठ र बाँस प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘लोकोफरेस्ट’ कार्यक्रमअन्तर्गत राष्ट्रिय कार्यशाला आयोजना गरिएको छ । ‘लोकोफरेस्ट कोर्ष राउण्ड ४’ का नेपाली प्रतिनिधिहरूद्वारा आयोजित कार्यशालामा बाँस र काठलाई वन पुनर्स्थापनाको प्रमुख साधनका रूपमा उपयोग गर्दै स्थानीय समुदायको आर्थिक सशक्तीकरण, जैविक विविधता संरक्षण, जल सुरक्षा र जलवायु परिवर्तन अनुकूलनमा योगदान पुर्याउन सकिनेबारे व्यापक बहस र छलफल भएको थियो । सहभागीहरूले ललितपुर दरबार स्क्यावर क्षेत्रमा काठले बनेका पुराना घर, काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा मोसो बाँस, बेथानचोकमा लौठ सल्ला र नमोबुद्धमा हसेरा एग्रोफरेस्ट्रीको स्थलगत अध्ययनसमेत गरेर काठ र बाँसका स्थानीय उपयोगबारे जानकारी लिएका थिए । कार्यशालामा सहभागी स्विडेनका वन विशेषज्ञ, स्थानीय जनप्रतिनिधि, पर्यावरणविद् र वन संरक्षणकर्मीबीच दिगो र विस्तारयोग्य वन पुनस्र्थापनाका सिद्धान्तमा गहन छलफल भएको आयोजकले जनाएको छ ।
सहभागीहरूले आफ्नो देश र संस्थाहरूमा आवश्यक परिवर्तन परियोजना निर्माण र कार्यान्वयनका लागि विस्तृत योजना प्रस्तुत गरेका थिए । आयोजकका अनुसार खासगरी बाँस र काठलाई वन पुनर्स्थापनामा मुख्य सामग्रीका रूपमा प्रयोग गर्ने विविध सम्भावनाबारे छलफल भएको थियो । स्विडेन र नेपाली वन व्यवस्थापनसम्बन्धी अनुभवको आदान-प्रदानका क्रममा कार्यशालाले स्थानीय समुदायलाई बाँस र काठको प्रभावकारी उपयोगद्वारा वन पुनस्र्थापनाका साथै आर्थिक र वातावरणीय लाभ लिन रणनीति निर्माणमा जोड दिनुका साथै नेपाली वन तथा जलसम्बन्धी सरोकारवालालाई ‘लोकोफरेस्ट’ कार्यक्रमका उद्देश्यबारे जानकारी दिएको छ । कार्यशालाको मुख्य उद्देश्य काठमा आधारित उत्पादनको विश्वव्यापी मागलाई ध्यानमा राख्दै स्थानीय तहमा आर्थिक अवसर सिर्जना गर्ने, जल र जैविक विविधता संरक्षणमा टेवा पु¥याउने र वन परिदृश्य पुनस्र्थापनामा दिगोरूपमा विस्तार गर्न सहयोग गर्नु रहेको कार्यशालाका संयोजक तथा लोकोफरेस्ट कार्यक्रमका नेपाल प्रतिनिधि सुजन खनालले बताउनुभयो । खनालका अनुसार काठ र बाँस प्रयोगले नेपालमा वन परिदृश्य पुनस्र्थापनाका अवसर सिर्जना गर्नुका साथै समुदायमा दीर्घकालीन आर्थिक र वातावरणीय लाभ पुर्याउन सकिन्छ । कार्यशालाले नेपाली वन व्यवस्थापनमा दीर्घकालीन र ठोस परिवर्तन ल्याउन मद्दत पु¥याउने उहाँको भनाइ थियो ।
‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’ भने जस्तै नेपालकै गाउँबस्तीमा पाइने बाँस बहुउपयोगी हुँदाहुँदै पनि बेवारिसे अवस्थामा रहेको छ । खाना, नाना र छाना तीनवटैमा प्रयोग आउन सक्ने बहुउपयोगी बाँस श्रीखण्डभन्दा पनि अब्बल छ तर नेपालमा भने खुर्पाकै बिँडमा सीमित रहँदै आएको बाँसविज्ञ डा. अन्नपूर्ण दास बताउनुहुन्छ । संकटसमेतको सारथि बाँसले आयात प्रतिस्थापनका साथै निर्यात व्यापारमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
सोही कारण कतिपय मुलुकले बाँसलाई औद्योगीकरण अर्थतन्त्रको दिगो र भरपर्दो आधार मान्दै बाँस मिसन नै सञ्चालन गरेका छन् । नेपालमा भने बाँस उपेक्षित, अपहेलित छ । नेपालमा बेत बाँसको विकास, विस्तार र व्यावसायीकरणका लागि बेत बाँस नीतिको तयारी सुरु भएको डेढ दशक बितिसक्दा पनि नीति आउन सकेकोे छैन । नेपालमा भारत र चीनमा पाइनेभन्दा पनि गुणस्तरीय बाँसका प्रजाति छन् । तर, बाँसको व्यावसायीकरण, औद्योगीकरण र विविधीकरण हुन नसक्दा बाँसको परम्परागत उत्पादनसमेत हराउँदै गएको दास बताउनुहुन्छ । बाँसको चोयाबाट बनाइएका डोका, डाला, थुन्से, भकारी, मान्द्रो, चित्रा, नाङ्ला, चाल्नालगायतलाई आयातित प्लाष्टिकजन्य सामग्रीले विस्थापित गर्दैछ । कुचोसमेत प्लाष्टिकको कुचोले विस्थापित गर्दैछ । पर्यावरणीय र व्यावसायिकरूपमा पनि बाँस तुलनात्मक लाभको वस्तुमा पर्छ । बाँस प्राकृतिकरूपमै हुर्किने भएकाले अन्य खाद्यान्न बाली जस्तो सिँचाइ, मल र स्याहार आवश्यक पर्दैन तर आम्दानी भने खाद्यान्न बालीभन्दा बढी लिन सकिन्छ । बाँदरलगायतका जंगली जनावरले पनि क्षति नगर्ने बाँसखेती र बाँसजन्य उद्योगको नेपालमा राम्रो सम्भावना रहेको अभियन्ताहरू बताउँछन् ।
वन विभागका पूर्वमहानिर्देशकसमेत रहनुभएका बाँसविज्ञ दासका अनुसार अन्य रुखको तुलनामा बाँस छिटो बढ्नुका साथै अक्सिजन पनि बढी दिन्छ । बायो इञ्जिनियरिङका लागि पनि बाँसखेती अब्बल मानिन्छ । बाँस अन्य काठभन्दा बहुउपयोगी छ, जसबाट विभिन्न निर्माण सामग्रीदेखि फ्लोरिङ फर्निसिङ, कपडा, कागज जे पनि उत्पादन गर्न सकिन्छ । बाँसको तामा उत्पादन गरेर विश्व बजारमा निर्यात गर्न सकिन्छ । विश्वभर रहेका नेपालीहरू नै नेपाली तामाको ठूलो बजार हुन सक्छ । किनभने नेपालीहरू अमिलो तामाका पारखी नै हुन् । बाँस छिटो बढ्ने भएकाले छिटो उत्पादन लिन सकिन्छ । तीन वर्ष पुरानो बाँसमात्रै औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोगमा आउने भएकाले बाँसखेती दिगो र पर्यावरणमैत्री हुन्छ । अर्का बाँसविज्ञ हस्तबहादुर थापाका अनुसार नेपालमा ५० भन्दा बढी प्रजातिका बाँस पाइन्छन् । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले इन्टरनेसनल बेम्बो एण्ड र्याटन
अर्गनाइजेसन(इनबार)लगायतको सहयोेगमा नेपालमा बाँसको अवस्था र सम्भाव्यताबारे अध्ययन गरेको थियो भने पछिल्लोपटक फ्युचर रिसर्च डिजाइन कम्पनी(एफआरडिसी)ले पनि नेपालमा बाँसको अवस्था र सम्भाव्यताको अध्ययन गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच