झापा । झापाका तरुणले घर निर्माण गरेर विपन्न एक व्यक्तिलाई हस्तान्तरण गरेका छन् । पाँच लाखमा निर्माण गरिएको घर भद्रपुर नगरपालिका ५ का मेहरा दायरीलाई हस्तान्तरण गरिएको हो ।
सो घरको आइतबार भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटनपछि हस्तान्तरण गरिएको नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो । ठण्डाबस्तीमा निर्माण गरिएको घर बरण्डासहित तीन कोठे छ। इँटा, सिमेन्ट प्रयोग गरी निर्माण गरिएको भुइँतले सो घरको छानोमा जस्तापाता प्रयोग गरिएको छ ।
घर तरुण दल भद्रपुर ५ को अगुवाईमा निर्माण गरिएको हो । दायरी घरबारविहीन व्यक्ति हुनुहुन्छ । घर हस्तान्तरण कार्यक्रममा नगर प्रमुख पोखरेलले तरुणको पहलमा घरबारविहीन व्यक्तिको घर निर्माण कार्यलाई सह्रानीय भन्दै प्रशंसा गर्नुभयो । उहाँले मानवीय र सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
तरुण दलका वडा सभापति इन्द्र नेपालले घर निर्माणमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच