जुम्लाका स्थानीय तहबाट उद्योग दर्ता हुने

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहबाट अब उद्योग दर्ता हुने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले आईतबार ३ हजार १८३ वटा उद्योगहरु यहाँका स्थानीय तहलाई हस्तान्तरण गरेको छ । उद्योगतर्फ २ सय ९१ र वाणिज्य तर्फका २ हजार ८९२ वटा उद्योगहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिनुभयो ।

कार्यालयमा हालसम्म ३ हजार ६९३ उद्योग र ३ हजार १०४ वटा वाणिज्य उद्योगहरु दर्ता भएकाछन् । कार्यालय प्रमुख देवकोटाले भन्नुभयो,“ कार्यालय बाट हुने उद्योगहरुको दर्ता र नवीकरण गर्ने अधिकारको जिम्मेवारी स्थानीय तहले दिएका छौ । कार्यालयमा हालसम्म दर्ता भएका ३ हजार ६९३ उद्योगमध्ये २ सय ९१ उद्योगहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । ३ हजार ४०२ वटा उद्योग कार्यालय मताहतमा रहने कार्यालय प्रमुख देवकोटाको भनाइ छ । ”

वाणिज्य उद्योत तर्फका ३ हजार १०४ वटा उद्योगमध्ये २ हजार ८९२ उद्योगहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । २ सय १२ वटा उद्योगहरु कार्यालय माताहत रहने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । कार्यालय प्रमुख देवकोटाका अनुसार उद्योगतर्फका ५ लाख भन्दा माथि पँुजी भएका र वाणिज्य उद्योततर्फ १० लाख भन्दा माथि पुँजी भएका उद्योगहरु भने कार्यालयको माताहतमा दर्ता हुने जानकारी दिनुभयो ।

स्थानीय तहलाई हस्तान्तरण गरेको उद्योगतर्फका जम्मा २ सय ९१ वटा र वाणिज्य तर्फका २ हजार ८९२ वटा उद्योग जिल्लाका स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख देवकोटाले जानकारी दिनुभयो । कार्यालय माताहत रहने उद्योगहरुको दर्ता र नविकरण कार्यालयबाटै हुने भएको छ । पाँच लाखसम्म पुँजी भएका उद्योग र १० लाखसम्म पुँजी भएका वाणिज्यतर्फका उद्योगहरुको हकमा दर्ता र नविकरण अब स्थानीय तहबाटै हुने कार्यालयले जनाएको छ । उद्योग दर्ता गर्नेका लागि सदरमुकाम खलंगा आउने सेवा प्रवाह स्थानीय तहबाट हुने भएकोले यहाँका नागरिकलाई छिटो र सहज सेवा दिन स्थानीय तहको काधमा आएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले बताउनुभयो । स्थानीय तहमै उद्योग दर्ताको अधिकारी प्राप्त भएपछि सेवाग्राहीलाई सहज वातावरणमा सेवा प्रदान गरिने भएको छ ।

उद्योगहरुको दर्ता र नवीकरण स्थानीय तहबाट हुँदा राजश्वमा समेत वृद्धि हुने चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले बताउनुभयो । उद्योग शाखामार्फत सेवा दिइने र नागरिकलाई राहत हुने गरि गाउँकेन्दित सेवा विस्तार गरिने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले संघीयताको मर्म अनुसार उद्योगहरुको काम स्थानीय तहबाट सेवा प्रवाह हुनु राम्रो काम भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?