
बर्लिन । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लिग-१ फुटबलमा दोस्रो स्थानको एन्जर्समाथि ४-२ को जित निकाल्दै पिएसजीले आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।
पिएसजीले फ्रेन्च लिग वानमा आफ्नो अपराजित यात्रालाई ११औँ खेलसम्म पनि कायम राखेको छ । पिएसजीले शनिबार घरेलु टोली एन्जर्सविरुद्ध ४-२ को सहज जित निकाल्यो । जितसँगै ११ खेलमा २९ अंक जोडेको पिएसजी शीर्ष स्थानमा कायम छ । पराजित एन्जर्स समान खेलबाट १० अंकका साथ १५औँ स्थानमा छ ।
रेमन्ड कोपा रंगशालामा पिएसजीलाई जित दिलाउन ली कांग-इन र ब्राडली बार्कोलाले समान दुई गोल गर्नुभयो । एन्जर्सका लागि स्टेबन लिपउल र इम्यानुएल ब्युमलले गोल फर्काउनुभयो । खेलको १७औँ मिनेटमा कांग-इनको गोलमार्फत् पिएसजीले अग्रता लिएको थियो । तीन मिनेटपछि उहाँले टोलीको अग्रता दोब्बर बनाउनुभयो । खेलको इन्जुरी समयमा लिपउल र ब्युमलले गोल गर्दै एन्जर्सलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच