जाजरकोट । जाजरकोटमा आज सोमबार भएका अलग अलग दुर्घटनामा परी २३ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी आज विहान साढे ११ बजेतिर दुर्घटनामा परेको थियो ।
गाडी मध्यपहाडी राजमार्ग अन्तरगत कुदुको जिरो प्वाइट नजिक सडकबाट करीब ५० मिटर तल खसेको थियो दुर्घटनामा १० जना बालबालिका सहित १७ जना घाइते भएका छन । दुर्घटनामा गम्भिर घाइते भएकाहरुलाई उपचारका पाण्डेले हिमालय टाइम्सलाई जानकारी दिनु भयो । डिएसपी पाण्डेका अनुसार सामान्य घाइतेहरुको कुदु स्थित स्वास्थ्य चौकीमा उपचार भइहेको छ ।
यस्तै जाजरकोटकै बारेकोट गाउँपालिकाको लिम्साबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जीप नलगाड नगरपालिका ४ बाउसेखोला नजिक दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा ३ जना यात्रु गम्भिर घाइते भएका छन । जीपमा सवार ७ जना मध्य गम्भिर चोट लागेका ३ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले जनाएको छ । साँघुरो सडक तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच