मुम्बई । बलिउड चलचित्र ‘बवाल’लाई ओटीटी प्लेटफर्मबाट हटाउन माग गरिएको छ । एक यहुदी संगठनले अमेजन प्राइमलाई हालै रिलिज भएको बलिउड चलचित्र ‘बवाल’लाई आफ्नो स्ट्रिमिङ सेवा प्लेटफर्मबाट हटाउन आग्रह गरेको छ । चलचित्रमा यहुदीहरूको नरसंहार (होलोकास्ट)लाई ‘अर्थहीन ढंगले चित्रण गरिएको’ संगठनले आरोप लगाएको छ ।
सिमोन विसेन्थल सेन्टरले ‘लाखौं मानिसको योजनाबद्ध हत्या र यातना’ चलचित्रमा निकै हलुका ढंगले देखाइएको बताएको छ । यो रोमान्टिक ड्रामा चलचित्रमा जसरी होलोकास्टको प्रयोग गरिएको छ त्यसको भारतमा पनि धेरैले आलोचना गरेका छन् ।
नितेश तिवारीले निर्देशन गर्नुभएको यो चलचित्रले ग्यास च्याम्बरको एउटा काल्पनिक दृश्य समावेश गर्दछ र नाजी नेता एडोल्फ हिटलर र अस्त्विज मृत्यु शिविरलाई उपमाको रूपमा प्रयोग गर्दछ । चलचित्रमा अभिनेता वरुण धवन र जान्हवी कपुरको मुख्य भूमिकामा हुनुहुन्छ । एजेन्सी ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर