‘बवाल’लाई ओटीटी प्लेटफर्मबाट हटाउन माग

Read Time = 1 min

मुम्बई । बलिउड चलचित्र ‘बवाल’लाई ओटीटी प्लेटफर्मबाट हटाउन माग गरिएको छ । एक यहुदी संगठनले अमेजन प्राइमलाई हालै रिलिज भएको बलिउड चलचित्र ‘बवाल’लाई आफ्नो स्ट्रिमिङ सेवा प्लेटफर्मबाट हटाउन आग्रह गरेको छ । चलचित्रमा यहुदीहरूको नरसंहार (होलोकास्ट)लाई ‘अर्थहीन ढंगले चित्रण गरिएको’ संगठनले आरोप लगाएको छ ।

सिमोन विसेन्थल सेन्टरले ‘लाखौं मानिसको योजनाबद्ध हत्या र यातना’ चलचित्रमा निकै हलुका ढंगले देखाइएको बताएको छ । यो रोमान्टिक ड्रामा चलचित्रमा जसरी होलोकास्टको प्रयोग गरिएको छ त्यसको भारतमा पनि धेरैले आलोचना गरेका छन् ।

नितेश तिवारीले निर्देशन गर्नुभएको यो चलचित्रले ग्यास च्याम्बरको एउटा काल्पनिक दृश्य समावेश गर्दछ र नाजी नेता एडोल्फ हिटलर र अस्त्विज मृत्यु शिविरलाई उपमाको रूपमा प्रयोग गर्दछ । चलचित्रमा अभिनेता वरुण धवन र जान्हवी कपुरको मुख्य भूमिकामा हुनुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?