मानव तस्करीको प्रकरणमा कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी जोडिन आउनुभएको भनेर उहाँमाथि छानबिन सुरु भएको छ । यसलाई एक प्रकारले भन्ने हो भने हाम्रो सन्दर्भमा अनौठो घटना होइन भन्ने दृष्टिकोणबाट हेर्दा हुन्छ । यसपूर्व पनि यस्ता घटना हुँदै आएकै हुन् । अनौठो चाहिँ यसकारण मान्नुपर्छ कि किन यस्ता घटना पटक-पटक दोहोरिइरहन्छन् ? किन तिनको निवारण र निराकरण हुनसक्दैन । अनियमितता र भ्रष्टाचारका घटना त नेपालमा अनगिन्ती नै हुनेगरेका छन्, तिनको लेखाजोखा नै हुनसक्दैन । यस्ता घटनासँगै अन्तरसम्बन्धित भएर आउने गरेको मानव तस्करीका घटना पनि धेरै संख्यामा भइरहेका छन् ।
जनस्तरबाट र उच्चस्तरीय पदीय हैसियत भएका व्यक्तिहरूबाट समेत यस्ता घटना हुनेगरेका छन् । सामान्य मानिसहरूबाट चेलीबेटी बेचविखनमा जोडिने घटना अनगिन्ती हुनेगरेका पाइन्छन् । कसैले अज्ञानता, शिक्षाको अभाव त कसैले देखासिकीमा चेलिबेटी बेच्ने गरेका घटना परापूर्वकालदेखि नै दोहोरिँदै आइरहेका छन् । मानिसमा भएको लोभानी र पापनीले आपराधिक कार्यहरू हुनेगर्छन् । स्थानविशेष र विभिन्न जाति विशेष हुनेगरेका यस्ता कार्यमा हालका दिनहरूमा कमी आएको छ । प्रहरी र प्रशासनबाट कडाइ गरिएसँगै गैरसरकारी संस्थाहरूको सक्रियतापछि तिनमा कमी आएको हो । तर, केही सचेत र शिक्षित वर्गबाट जानीबुझिकन बुझ पचाएर गरिने यस्ता कार्यमा भने कमी आउन सकेको छैन ।
विभिन्न म्यानपावर खोलेर तिनका माध्यमबाट गैरकानुनी बाटो अपनाएर मानिसलाई ठगी गर्ने र फरक बाटो अपनाएर तस्करी गर्नेहरूको संख्या अधिक छ । तिनलाई सरकारले पनि नियन्त्रण गर्न सकेको छैन । सरकारसँगै पनि गठबन्धन गर्नसक्ने सामथ्र्य राख्ने यस्ता मानिसहरूले कानुन हातमा लिने कामसमेत गरेका हुन्छन् । विदेश पठाइदिन्छु भनेर महिनौं पैदल हिँडाएर अलपत्र पार्नेदेखि बाटो बदलेर बीचैमा छोडिदिने कार्यसमेत गर्न तिनीहरू पछि पर्दैनन् । तिनले पठाएका गन्तव्यमा पनि पठाइएका मानिसहरूले भनेजस्तो काम पाएका हुँँदैनन् । एउटा कम्पनीमा काम गर्न भनेर पठाइएका मानिसहरूले बाध्यताले अर्को कम्पनीमा काम गर्नुपर्ने, भनेजस्तो पारिश्रमिक नपाउने, कानुनी प्रक्रिया नपुर्याएले सजायभागी बन्नुपर्ने जस्ता समस्या तिनले व्येहोर्नुपरेको अवस्था प्रसस्त मात्रामा देखापर्दै आएका छन् ।
ठगी गर्ने मानसिकताले नै स्थापना भएका केही निकायबाट यस्ता काम हुनुलाई अन्यथा नठान्ने हो भने पनि मन्त्री वा अन्य उच्चपदस्थ व्यक्ति नै संलग्न देखिन आउनुलाई आश्चर्य मान्नुपर्ने हुन्छ । यस्ता अपराधलाई नियन्त्रण गर्न स्थापना भएका निकाय र व्यक्तिहरूबाटै जघन्य अपराध हुनुलाई भने सामान्य मान्य सकिँदैन । बहालवाला मन्त्री कुनै मित्रराष्ट्रको विमानस्थसम्म पुगेर फर्किनुपरेको घटनालाई सामान्य मान्य मिल्दैन । यो घटना त्यसरी जाने र गन्तव्यसम्म पुग्न नपाई फर्किने मन्त्रीको मात्र होइन राष्ट्रकै लागि बेइज्जतीको विषय हो । त्यस अर्थमा कोशी प्रदेशका मन्त्री लीलाबल्लभ अधिकारीबाट त्यसरी केही मानिसलाई जापान पुर्याएको र विमानस्थलबाट फर्काइकएको जुन घटना छ त्यसको गहिरो अनुसन्धान र छानबिन गरी यदि उहाँ दोषी देखिएको अवस्थामा कानुनी कारबाही गर्न सरकार पछि पर्नुहुँदैन ।
कानुन सबैलाई समान हुन्छ । ठूलाले कानुनको पालना गर्नुपर्दैन भन्ने होइन । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेका पदाधिकारीहरू यस्ता घटनामा संलग्न भएको आरोप लाग्दा ती पार्टीहरूले विरोध प्रदर्शन गर्नेगरेका छैनन् । तर, हालै रवि लामिछानेलाई आर्थिक अनियमितताको आरोप लाग्दा भने राष्ट्रिय स्वतन्त्र पार्टीले सडक आन्दोलन गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण नै पक्राउ पर्नुभयो र उहाँ सँगसँगै अन्य धेरै व्यक्ति पक्राउ परे । तीमध्ये केही अहिलेसम्म थुनामुक्त भइसकेका छैनन् । खाँण पनि राजनीतिक वृत्तबाट हाल अदृश्य हुनुभएको छ ।
वर्तमान उपसभामुखलाई पनि यही खालको अभियोग लागेको थियो तर उहाँलाई कारबाही अगाडि बढाइएन । अहिले ओरोप लागेका कोशीका मन्त्री पक्राउ परिसक्नुभएको छ । उहाँले छानबिनलाई सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । एमाले पार्टी संबद्ध अधिकारीलाई उहाँको पार्टी नेकपा एमालेले उहाँका सबै प्रकारका जिम्मेवारीबाट निलम्बन गरिसकेको छ । उहाँलाई लागेको अभियोग लाग्नुहुँदैन भनेर पार्टी कार्यकर्ताहरू विरोधमा उत्रिएका छैनन् । यसलाई एमालेको राजनीतिक आचरणका रूपमा हेर्न सकिन्छ । कांग्रेस र माओवादीले पनि यस प्रकारको आचरण पालन गरेकै हुन् ।
अन्य सबै अवस्थामा यी पुराना पार्टीहरूले असल चरित्र प्रदर्शन गर्न सकेका छन् भन्ने होइन तर आफ्ना पार्टीका नेताहरूलाई आर्थिक अनियमितताको आरोप लाग्दा र यस्ता आपराधिक अभियोग लागेका बेलाभित्र कानुनी प्रक्रिया मिलाएर वा दबाब सिर्जना गरेर जोगाउन खोजेका भए पनि बाहिर नाराजुलुस गर्ने, प्रदर्शन गर्ने, विरोधका कार्यक्रम गर्ने जस्तो व्यवहार गरेका छैनन् । त्यसैगरी आरोपीलाई संरक्षण दिने काम गरेका छैनन् । तिनले पार्टीमा र सरकारमा पाएको जिम्मेवारीबाट हटाउने काम गरेका छन् । यो तिनको राजनीतिक अभ्यासबाट सिर्जना भएको अवस्था हो । जो होस्, जुन पार्टीको होस् कानुन मिच्चे अपराधका घटनामा संलग्न हुने आर्थिक अनियमितता र भ्रष्टाचार गर्नेजस्ता काम तीबाट हुन्छन् भने तिनले कानुन बमोजिकको सजाय पाउनै पर्छ, तिनको संरक्षण गर्ने काम कतैबाट हुनुहुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच