काठमाडौं । महिला ३५ केजीमुनि तौल समूहमा रेखा रोकाया काठमाडौं महानगरपालिका प्रथम उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगितामा च्याम्पियन बन्नुभएको छ । काठमाडौं महानगरपालिकाको सहकार्यमा नेपाल एकायन कराँते संघद्वारा राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र लैनचौरमा आयोजित प्रतियोगितामा साक्षी ढकाललाई पछि पार्दै उहाँ च्याम्पियन बन्नुभएको हो । सोही समूहमा साक्षी दोस्रो हुँदा सुप्रिया केसी र आर्या महर्जनले सान्त्वना स्थान प्राप्त गर्नुभयो ।
यस्तै, ४० केजी तौल समूहमा शिवानी आले मगरले स्वर्ण हात पार्नुभयो भने ४५ केजी तौल समूहतर्फ कृपा खड्का, ५० केजी तौल समूहमा रेश्मिला राई, ५५ केजी तौल समूहमा निशा तामाङ र महिला खुला तौल समूहमा अञ्जना बुढाथोकी पहिलो हुनुभयो ।
पुरुषतर्फ २५ केजी तौल समूहमा अरूण लामा, ३० केजी तौल समूहमा विवेश जैसी र ३५ केजी तौल समूहमा गणेश विष्टले पहिलो हुँदै स्वर्ण हात पार्नुभयो । ४० केजीतर्फ प्रवीन श्रेष्ठ, ४५ केजीतर्फ सुवास शाही, ५० केजीतर्फ पवन तामाङ र ५५ केजीतर्फ विराज मगरले स्वर्ण जित्नुभयो भने पुरुष खुला तौल समूहमा दिनेश बलामीले पहिलो स्थान चुम्न सफल हुनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच