रुपन्देही । चीनको ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइजिङ नेतृत्वमा एक टोली मैत्रीपूर्ण भ्रमणका लागि लुम्बिनी आएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण सहित नेपाल र चीनबीचको संस्कृति आदान प्रदान र लुम्बिनीमा विपन्न समुदायलाई खाद्यान्न वितरणका लागि ११ सदस्यीय टोली भैरहवा विमानस्थल हुंदै लुम्बिनी आएको हो । चिनिया टोलीलाई नेपाल–चीन मैत्री समाज लुम्बिनीले विमानस्थलमा स्वागत गरेको थियो ।
सो अवसरमा ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइजिङले नेपाल र चीनबीच सदियौंदेखि सांस्कृतिक,आर्थिक र सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको संस्कृति आदान प्रदान र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवद्र्धनका लागि मैत्रीपूर्ण भ्रमणमा आएको बताउनु भयो । ग्वान्दोङ चीनको उच्च जनघनत्व भएको प्रान्त भएकाले आफ्नो टोलीको भ्रमणले त्यहांका बौद्धमार्गी पर्यटकलाई लुम्बिनी भ्रमणमा प्रेरणा मिल्ने रुइजिङले वताउनु भयो ।
चिनिया टोलीलाई स्वागत गर्दै नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले गौतमबुद्ध विमानस्थलमा चिनिया शहरबाट सिधा उडानको वातावरण मिलाइदिन आग्रह गर्नु भयो । उहाँले नेपाललाई चीन सरकारको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनामा छिटो सहभागी गराई केरुङ–काठमाडौं–लुम्बिनी रेल मार्ग निर्माणमा सहयोग गर्न आग्रह गर्नु भयो । केरुङ–काठमाडौं–लुम्बिनी रेल मार्ग बनेको खण्डमा करोडौंको संख्यामा रहेको चिनिया बौद्धमार्गीलाई लुम्बिनी आउन सहज हुने अध्यक्ष सापकोटाले बताउनु भयो ।
नेपाल चीन मैत्री समाजका महासचिव मनिषकुमार जोशीले ग्वान्दोङ प्रान्तका व्यवसायीलाई लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका लागि वातावरण बनाइदिन चिनिया टोलीसंग आग्रह गर्नु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच