काठमाडौं । नेपाल बैंकर्स संघ विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी-२० र आइएफसी/विश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम एक सय ९० देशमा तीन सयभन्दा बढी सदस्य/सहयोगी संस्थाको प्रमुख विश्वव्यापी नेटवर्क हो ।
नेटवर्कमा बैंक, गैरबैंक वित्तीय संस्था, फिनटेक, भुक्तानी प्लेटफर्म, विकास संस्था, क्रेडिट ग्यारेन्टी कम्पनी, बिमा प्रदायक, लगानी कोष, बैंकिङ र एसएमई एसोसिएसन र शैक्षिक संस्था आबद्ध छन् । सो अवसरमा एसएमई फाइनान्स फोरमका प्रमुख कमर सलिमले संघलाई एसएमई फाइनान्स फोरममा स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै नेपालको उदयीमान बजारलाई थप एसएमई वित्तीय पहुँच प्रवद्र्धन सहयोग पुग्ने बताउनुभयो ।
संघका अध्यक्ष सुनिल केसीले विशेष गरी नेपालमा नियामक निकाय र बैंक दुवै साना र मझौला उद्यमी (एसएमई) का लागि वित्तीय पहुँचमा सुधार ल्याउन सक्रियरूपमा केन्द्रित रहेका सन्दर्भमा प्रतिष्ठित एसएमई फाइनान्स फोरममा सामेल हुँदा नेपालको बैंकिङ क्षेत्रलाई विशेषरूपमा लाभ पुग्ने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच