सत्यस्यापिहितं मुखम्
‘सत्यको मुख थुनियो भने असत्यको थुतुनु खुल्छ’ भनेर यो देशलाई विश्वविरादरीका समानान्तर हारमा उभ्याउने महानात्मा विश्वेश्वरप्रसाद कोइराला भन्थे । जुन बेला राजा पञ्चले सिकाएको या पञ्च राजाको गुणगान गरेर जनता र देशलाई कौडी पनि गन्दैनथे । देशैभरि सामन्तको बोलवाला थियो । राजा नै सामन्तको संरक्षक भएर महासामन्तका शैलीमा बसेका थिए । जनता रैतान गनिन्थे, रैतान भनेका मूक पशुजस्ता मानिन्थे । राजा, महापञ्च पहिलो श्रेणीमा थिए भने त्यसपछि सानापञ्च, पञ्च र देशका शोषक व्यापारी आदि पर्दथे । दरबारको विकास, इच्छा सफल हुनु नै देशविकास, जनताको भलो भएको अर्थ गरिन्थ्यो । राजा, राजपरिवार तथा जनताका लागि प्रयोग गरिने भाषाको स्वरूप नै भिन्न विभेदयुक्त थियो ।
राजा र राजपरिवारका लागि नेपाली भाषामै उच्च कोटिको आदरार्थी सृजित थियो । फारसी उर्दू स्रोतबाट ल्याइएका शब्द प्रयोग गरिन्थे । दरबारका ताबेदार राजाका निगाहमा बाँच्न विवश थिए । मध्यकालीन उन्निद्राका भोगविलासमा मात्र लागेका थिए दरबार, दरबारिया । सेना, प्रहरी, पञ्चका घेराबाट आमजनता प्रताडित पनि हुन्थे यदि राजा पञ्च, दरबार वक्र भयो भने । यस प्रकारको अवस्थालाई तोड्न नेपाली कांग्रेसले लोमहर्षक संघर्ष ग¥यो । यसका नेता विश्वेश्वरप्रसाद कोइराला आजीवन सत्य, निष्ठा, निर्लोभको व्रत लिएर जनताको संगठन, देशदेशावरमा जनता, सरकारले गरेका प्रगतिका बाटामा देश र जनतालाई पुर्याउन सांगठनिक, वैचारिक तथा साहित्यिक मार्गबाट लाग्दा पनि पञ्च, राजाको घेरा तोड्न नसकेपछि सशस्त्र संघर्ष पनि गर्नुपरेको थियो ।
पहिलो र दोस्रा नम्बरको संसद्मा सिटसंख्या भएका दल एकै सरकारमा सहभागी भएका छन् । प्रतिपक्षी अति कमजोर तथा गैरजिम्मेवार पनि छ । नेपाली कांग्रेस र एमालेको आजको प्रथम तहका नेतामा न चरित्र देखियो न चिन्तन देखियो देश र जनताप्रतिको उत्तरदायित्व नै देखियो ।
यस अभियानका क्रममा पुष्पलाल जो पहिले उनका महामन्त्री थिए तिनलाई दलीय पद्धति र संयन्त्रलाई बलियो बनाउन सल्लाहले नै नेपाल कम्युनिष्ट पार्टी खोल्ने सल्लाह दिएर पठाए । माक्र्सवादी दर्शनका अनन्य अनुयायी आफ्नै भानिजभाइ मनमोहन अधिकारीलाई पनि वामपन्थतिर लगाएर जनतालाई कांग्रेस र कम्युनिस्टका दलीय संगठन निर्माणमा लागेका थिए । अहिले साउनमा पलाएको बन्सो जसरी पलाएका नवलेखकले त्यस बेलाको यस विशाल दृष्टि र भावनाको सही सम्मान गर्न छाडेको देखिन थालेको छ । फलतः सत्ताको लेनदेन, उत्कोचग्रहण, नचाहिँदो किसिमको आपसी द्वन्द्व, वैचारिक विचलन, अप्राकृतिक गठबन्धनका कारण पनि त्यो वैचारिक चमक, कार्यक्रमगत पवित्रतामा परिवर्तन भएको छ दुवै पार्टीमा ।
पार्टीभित्रैका अनावश्यक ग्रुपिजम, अहंवादी नेताका बीचको द्वन्द्व, दलका सांगठनिक निकायलाई दलकब्जाको हतियार बनाउने प्रवृत्ति पनि दुवै दलमा विकास भएको छ । हिजो योगदान दिएर इतिहास बनाएर गएका व्यक्तिको पनि उचित मानसम्मान हराउँदै जन थालेको छ दुवैमा । यसरी इतिहासमा नाम कमाएर जनतामा प्यारा भएका दुवै दल आज जनताका बीचमा मिथ्यावादी, भ्रष्टाचारी, जनता र देशका लागि केही गर्न नसक्ने खिया लागेका चरित्रभ्रष्टको बाहुल्य भएका दलका रूपमा चित्रण गरिने हास्यपात्र बन्दैजान लागेका छन् । यस प्रकारको भ्रम जनतामा भरेर आआफ्नो दुनु सोझ्याउने स्वार्थी, ठगसमूहले राजनीतिका आवरणमा जनतालाई भ्रम पार्न लागेको देखिन्छ ।
बाघका छालामा स्यालको दाइँ
आज परिस्थिति बदलिएको छ । संसारमा शक्तिको द्वन्द्व चल्नथालेको छ । रसिया युक्रेन भिडेकाभिडेकै छन्, इजरायली रहमासका द्वन्द्वले बिस्तारै विश्व लपेट्ने अवस्था देखिएको छ । गाजापट्टीलगायत उत्तर कोरियाका जनताले बिहान बेलुका खान नपाए पनि विष्फोटास्त्र निर्माणमा निरन्तरता दिएको दिएकै छन् । विश्वको पहिलो शक्तिका रूपमा रहेको अमेरिकाली जनताको रोजाइ विश्वमा हाम्रो दब्दबा कायम हुनुपर्छ जसरी पनि भन्ने नै देखियो । सोच चिन्तन र सहिष्णुताका दर्शनले पराजित हुनुपरेको छ । यद्यपि अमेरिकाली नारी प्राधान्य स्थितिका प्रति असहिष्णु छन् भन्ने पनि मत छ । हिलारी क्लिनटनलाई पनि हराए आज कमला हृयारिसलाई पनि हराएर नारी राजनीतिको उच्च तहका लागि होइनन् भन्ने सन्देश दियो अमेरिकाले ।
तर, तिनै हाम्रा देशमा आए भने नारी शक्तिलाई मातृशक्ति मान्ने हामीलाई शिक्षा दिन थाल्छन् । यस प्रकारको दोहोरो चरित्रका पछि हामी लागेका देखिन्छौं । ओली कांग्रेस आईका भक्त, मोदी आर.एस.एसका अनुयायी, शेरबहादुर अमेरिकन लवीका भनेर नेपाली राजनीति गिजोलिएको छ । जसरी ट्रम्प वैयक्तिक आचरणमा इष्टमेन कलरका देखिन्छन् त्यसै गरी नेपालका शीर्ष तहका नेताको पनि वैयक्तिक चरित्र इष्टमेन कलरकै छ । यो युगै इष्टमेन कलरको युग त होइन ? रंगीविरंगी चरित्र भएका नेपालका आचरणहीन, बौद्धिकताशून्य नेता जित्ने अमेरिकामा पनि त्यही हुने । खान नपाउँदा पनि उत्तर कोरियाली नेताको जयजयकार गर्ने त्यहाँका जनता ।
दङ्स्याओ पिङले ल्याएका सुधारलाई तिलाञ्जलि दिएर सि.जिन. पिङको वैयक्तिक अधिनायकवादलाई चीनले प्रत्यावर्तनको मार्गका रूपमा रोज्नु, बंलादेश र श्रीलंकामा शासक भाग्ने अवस्था सिर्जना हुनुजस्ता कुराले बिस्तारै फेरि एक प्रकारको असंगठित अराजक भिडतन्त्रको प्रहार विश्वका सानाठूला सबैजसो देशले भोग्नुपर्ने अवस्थातिर विश्व बढ्न लागेको हो ? नेपालमा रविका पार्टीको बेतुके आन्दोलन र प्रचण्डको सत्ता खोसिएपछिका छट्पटीलाई ओली र शेरबहादुरका छल, दम्भ, सत्तालिप्सा प्रदर्शन र जनताप्रतिको गैरजिम्मेवार राजनीतिक क्रियाकलापले अझै चाँडो आमन्त्रण त गर्दैछैन ? सैद्धान्तिक दृष्टिले देश आशाविहीन भएको छ आज ।
पहिलो र दोस्रा नम्बरको संसद्मा सिटसंख्या भएका दल एकै सरकारमा सहभागी भएका छन् । प्रतिपक्षी अति कमजोर तथा गैरजिम्मेवार पनि छ । नेपाली कांग्रेस र एमालेको आजको प्रथम तहका नेतामा न चरित्र देखियो न चिन्तन देखियो न त देश र जनताप्रतिको उत्तरदायित्व नै देखियो । यसकारणले आज दुनियाँको सबैभन्दा राम्रो बहुदलीय प्रजातान्त्रिक व्यवस्था पनि अफाप सिद्ध गराउन लागे । अतः ती दलका कार्यकर्ता ब्युझनु आवश्यक छ । जसरी सन्तानका लागि पिता प्रिय हुन्छन् तर प्राणान्त भएपछि तिनको सामाजिक पारिवारिक उपयोगिता सिद्धियो भनेर लगेर जलाउँछन् । ठीक त्यसैगरी आचरण, चिन्तन र उपयोगिताविनाको नेतृत्वको भारी बोक्नु भनेको मृत सतीदेवीको लास बोकेर बौलाहा शिव धतुलाए जस्तै हो ।
अब पार्वतीपति शिवको खोज गर्न लाग्नैपर्छ । देवसेनापति कुमार जन्माउन नसक्ने हो भने असंगठित अराजक भिडका मुठीको माखो बन्नेछन् जनता र देश दुवै । पुराणका यी आख्यान केबल आख्यान होइनन् यिनमा सत्यताको आधार छ । देश र जनताको भलाइका लागि काम गर्न नसक्ने, नसोच्ने भनेका राक्षस या दानव नै हुन् जसले आफ्नै क्रियाकलापले समग्र राज्यको व्यवस्था आजको नेपालको जस्तो बनाएर राखेको हुन्छ । आज हामी यस्तै प्रकारको राक्षसराजमा बस्न विवश बनाइएका छौं । यसको अन्त्य पनि दल र संगठनभित्रैबाट खोजिएन भने देश अनन्त अराजकताको भुमरीमा फस्छ । अतः कांग्रेस र एमालेका सद्वृत्तिका मान्छेहरू गाउँगाउँमा गएर जनता ब्युँझाएर, काम गर्ने तौरतरिका परिवर्तन गरेर जनता र देशको सम्मृद्धिका लागि काम गर्न लाग्नुपर्दछ ।
स्वादे जिब्रो अल्छे तिघ्रो
अहिले नेपाली कांग्रेसमा आगामी महाधिवेशनसम्ममा दश लाख क्रियाशील सदस्य पुर्याउने कुरो नेता, नेताका सहयोगी, नेताका प्रशंसक सबैले भट्याएको सुनिन्छ तर यसका लागि आवश्यक योजना त्यसको क्रियाशीलता, देशैभरिका तह र तप्कालाई तदनुकूल परिचालन गर्ने सक्रियता कांग्रेसको केन्द्रीय समितिदेखि १४औं महाधिवेशनमा पराजय भएर १५औं महाधिवेशनको मौकालाई उपयोग गर्ने सोच बनाएर बसेका नेता र त्यस समूहका सहयोगी, प्रसंशक कसैको पनि मुखे सक्रियताबाहेक क्रियाशीलताको हलचलसम्म देखिएको छैन । सबै सभापति हत्याउने धुनमा मात्रै लागेका देखिन्छन् । बेला भएर परिपक्व भएका हुन् या नाइटो झर्न बाँकी नै रहेका हुन् सबै सभापति र महासचिवका उम्मेद्वार बन्ने भनेर पाहा फुले झैँ फुलेर कुरा गर्छन् ।
एक्लो गिरिजाप्रसाद कोइराला आरम्भदेखि नै संगठनमा लागेका थिए । आज पनि उनले बनाएको सांगठनिक बिर्ताको मुआब्जा खाएर बसेका छन् कांग्रेसीहरू । डा.शेखर कोइरालामा नियम, निष्ठा र विकास निर्माणको हुट्हुटी देखिन्छ । उनी अरूभन्दा बढी सक्रिय छन् ।
कोही बिरादरको माला जपेर निस्क्रिय बसेका पनि देखिन्छन् । कोही अति सक्रिय देखिए पनि सगंठनका भित्री जोर्नी जोर्नतिरभन्दा बाहृय प्रचारबाजीमा लागेका देखिन्छन् । यस्तै कुरो एमालेमा पनि छ तर त्यसको लथालिंगे भताभुंगेपनाले देशलाई खासै असर नपार्न पनि सक्छ यदि कांग्रेस व्यवस्थित भयो भने । उसैका दलीय संगठनलाई मात्र धेरै असर गर्ने हो तर कांग्रेस निर्बलियो बन्दा समग्र प्रजातान्त्रिक मूल्यमान्यता र देशका विकास निर्माणले पनि गति लिन नसकेको उदाहरण दशकौंदेखि नेपाली जनताले देखेका छन् । नेपाली कांग्रेसमा असनको साँढे बसेझैँ छिप्पिएका अल्छे, सोच र योजनाविनाका साँढेले पद दशकौं ओगट्ने प्रथा आरम्भदेखि नै रहेको देखिन्छ ।
एक्लो गिरिजाप्रसाद कोइराला आरम्भदेखि नै संगठनमा लागेका थिए । आज पनि उनले बनाएको सांगठनिक बिर्ताको मुआब्जा खाएर बसेका छन् कांग्रेसीहरू । डा.शेखर कोइरालामा नियम, निष्ठा र विकास निर्माणको हुट्हुटी देखिन्छ । उनी अरूभन्दा बढी सक्रिय पनि छन् तर पनि यी सारा विसंगतिका विरुद्ध हस्तक्षेपकारी भूमिकामा आफूलाई उभ्याउन सक्ने गरी प्रस्तुत भएका भने देखिँदैनन् । उनले देशमा भएका हरेक तह र तप्कालाई आफ्ना समूहमा जोड्न ध्यान दिनु आवश्यक छ । अर्को समूहका पनि ऊर्जावान् साथीहरूलाई ल्याउनु आवश्क छ । अहिले देखिनु ठीक छैन भनेर बस्दा अवसरका बेला त्यसले खास सहयोग नपु¥याउन सक्छ किनभने सबै आ-आफ्ना ताकमा लागेकै हुन्छन् ।
दशकौंदेखि मान्छे किनेर नेतृत्वमा पुग्न बानी परेकाहरू पनि कांग्रेसमा कम छैनन् । अहिले त एमालेको पनि उदाहरण देखे । अरूमा भन्दा पुराना कांग्रेसीमा बिकाउपन कम छ । केही नेताका वंशमै पनि समूह बदलुपना विकसित भएको देखिन्छ । चट्टानी अडानका लागि विश्वले मानेका नेताका पुत्रपौत्र अहिले सबैभन्दा देखिने गरी समूह बदलु भएर देखिएका छन् भन्ने कुरो पनि जनतामा पुर्याउनुपर्ने नै देखिन्छ । पद पाए मख्ख पर्ने नपाए कुटेको बिरालो जस्तो बनेर बस्ने प्रवृत्ति पार्टीका लागि सबैभन्दा बढी हानीकारक कुरा हुन्छ ।
अहिलेको नेतृत्व र सांगठनिक हाय¥यांर्कीमा रहेका कांग्रेसीले यस प्रवृत्तिलाई मजाले हुर्काएका छन् । यसलाई तोड्न सांगठनिक न्यायमा न्यायिक पद्धति, समानता, भ्रातृता, राष्ट्रवादी प्रवृत्तिलाई प्रोत्साहन, मूल्यांगन पद्धतिको विश्वसनीय पद्धति आरम्भ गर्न गराउन सक्नु आवश्यक छ । अन्यथा कतिपयले सोम शर्माका सातु खाएर चित्त बुझाउनुपर्ने अवस्था आत्मसात गरेर जीवन बिताउने अवस्था पनि नआउला भन्न सकिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच