-अविजित पन्थी
लुम्बिनी । चीनकाे सिचुआन प्रदेश सरकारकाे आयाेजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुग्नु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनकाे सिचुआन प्रदेश सरकारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गरिने बताउनु भएको छ ।
भगेनी सम्बन्धलाई पुनर्ताजगी गर्दै दुई प्रदेशकाबीचमा सहयाेग आदानप्रदानलाई तिब्रता दिइने उहाँले बताउनु भएको हाे । छेन्दुमा रहेकाे जाइन्ट पाण्डा ब्रिड सेन्टरकाे बुधबार अवलाेकन गर्दै मुख्यमन्त्री आचार्यले सिचुआनकाे छेन्दु बाट लुम्बिनीकाे भैरहवा सिधा हवाई उडानकाे व्यवस्था गर्ने बारेमा पहल सुरु भएको जानकारी दिदै चीनले पर्यटनकाे क्षेत्रमा हाँसिल गरेकाे उपलब्धि र सिकाइलाइ अनुसरण गरिने, पर्यटन प्रबर्द्धनमा सहकार्य हुने बताउनु भयाे ।`हाम्रा पर्यटकीय स्थल, संरक्षण क्षेत्रकाे व्यवस्थापनमा चीनिया अनुभव र सिकाइलाई परिस्कृत गरेर लागू गर्न सकिन्छ´उहाँले भन्नुभयाे-`लुम्बिनी पर्यटन सर्किटलाई कार्यान्वयन गर्न यहाँकाे सिकाइ उपलब्धि मुलक बन्ने छ ।´
मुख्यमन्त्री आचार्यसहित सम्मिलित भ्रमण दलले छेन्दु अन्तराष्ट्रिय रेलवे बन्दरगाहाको समेत अवलोकन गरेकाे छ । भ्रमणमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डाक्टर रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डाक्टर सागर न्याैपाने, मुख्यमन्त्रीकि श्रीमती दिपा आचार्यलगायत सहभागी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच