काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौताको सन्दर्भमा सरकारको निर्णयअनुसार अब १५ दिन उद्योगीले बक्यौता नतिरे फेरि लाइन काट्ने बताउनु भएको छ ।
आज पत्रकार सम्मेलन गर्दै उनले २४ घण्टाभित्र लाइन काटिएका उद्योगहरुमा लाइन जोड्नु भन्ने सरकारको निर्देशन प्राप्त भएकाले सोहीअनुसार अगाडि बढिएको उहाँले बताउनु भयो ।
कार्यकारी निर्देशक घिसिङले अब उद्योगीहरुले विद्युत जोडिएको १५ दिनभित्र बक्यौता बुझाउनुको विकल्प नरहेको बताउनु भयो । सरकारले नै उद्योगीहरुलाई १५ दिनभित्र बिलअनुसारको बक्यौता बुझाउनु भनेर निर्देश गरिसकेको उहाँको भनाइ छ ।
‘१५ दिनभित्र हामीले गरेको बिलअनुसारको रकम नबुझाए हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौं । अब नेपाल सरकारले पनि भनिसकेको अवस्था छ–१५ दिनभित्र बक्यौता रकम असुल उपर गर्नु । यो नेपाल सरकार, उर्जा तथा जलस्रोत मन्त्रालय सबैको एकमुष्ठ दायित्वभित्र आएको छ । १५ दिनभित्र बक्यौता रकम उठेन भने नेपाल सरकार, उर्जा तथा जलस्रोत मन्त्रालय बक्यौता रकम उठाउनेतिर अगाडि बढ्छ भन्ने मलाई पूर्णरुपमा विश्वास छ,’– उहाँले भन्नुभयो ।
योभन्दा अगाडि प्राधिकरणले २८ किस्ता सुविधा दिएर एक किस्तामात्रै जम्मा गर्दा पनि लाईन जोड्दै आएको पनि उहाँले स्मरण गराउनु भयो ।१४ वटा उद्योगमा सुरुको १ किस्ता बुझाएको आधारमा नै लाइन जोडिएको उहाँले बताउनु भयो । हाल बक्यौताको कुनै पनि किस्ता नबुझाउनेमा २८ वटा उद्योग रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले अब पनि उद्योगी व्यवसायीहरुले सरकारको निर्देशन बेवास्ता गरेर बक्यौता नबुझाएमा यो विषय प्राधिकरणको मात्रै नरहने बताउँदै अब पनि बक्यौता नउठेमा यस विषय आम नागरिकको विषय बन्नुपर्ने र आम नागरिकले यसमा जिज्ञासा राख्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच