काठमाडौं । एमभी दुगड ग्रुपले अमेरिकाको जोन डियर एन्ड कम्पनीको सहायक कम्पनी जोन डियर इन्डिया प्रालिको ट्र्याक्टर जोन डियर नेपाली बजारमा ल्याएको २० वर्ष पूरा भएको अवसरमा काठमाडौंमा सहयात्राको २०औँ वर्ष मनाएको छ । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले जोन डियरसँगको २० वर्षको लामो सहयात्रा एकदमै ऐतिहासिक र खुसीको भएको बताउनुभएको छ ।
सुरुदेखि नै सबैको साथ सहयोगले नेपालमै सर्वाधिक रुचाइएको ट्र्याक्टर ब्रान्ड बनाउन सफल भएको उहाँको भनाइ छ । उपाध्यक्ष विवेक दुगडले ट्र्याक्टर अत्याधुनिक प्रविधिसहितको विभिन्न विशेषतायुक्त भएको र देशैभर पैmलिएको बिक्री तथा सेवा केन्द्र, जुझारु कर्मचारीको साथले उपभोक्ताले निकै रुचाएको बताउनुभयो ।
जोन डियर इन्डिया प्रालिका सेल्स एन्ड मार्केटिङ निर्देशक सत्यन शाहले नेपालकै प्रतिष्ठित र अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घराना एमभी दुगड ग्रुपसँगको २०औँ वर्षसम्मको अनवरत सहयात्रा एकदमै प्रभावकारी भएको बताउनुभयो । सो अवसरमा एमभी दुगड ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रालिका कर्मचारीका साथै जोन डियर इन्डियाका सेल्स एन्ड मार्केटिङ निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर अनुज पौल, नेपालस्थित बिजनेस म्यानेजर कस्तव गयनलगायतको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच