काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले दशरश रंगशालामा खेलबाहेकका अन्य गतिविधि गर्न रोक लगाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै रंगशाला सञ्चालनसम्बन्धी कार्यविधि जारी नहुँदासम्म रंगशालामा खेलबाहेकका अन्य गतिविधि गर्न रोक लगाउन परिषद्लाई निर्देशन दिएको हो ।
मन्त्रालयले दशरथ रंगशालासहित देशभरका अन्य रंगशालाको सञ्चालनका सम्बन्धमा आवश्यक मापदण्डसहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अघि बढेको भन्दै खेलकुद पूर्वाधारको निर्माण, व्यवस्थापन तथा मर्मतसम्भार सम्बन्धमा मापदण्ड बनाउने योजना सार्वजनिक गरेको छ ।
ऐनले नै सो कार्य गर्न राखेपलाई अधिकार दिए पनि परिषद्को कार्य प्रभावकारी नदेखिएको खेलकुद मन्त्रालयले टिप्पणी गरेको छ ।
दशरथ रंगशाला खेलबाहेकका अन्य गतिविधिलाई उपलब्ध गराएपछि फुटबल मैदान खेल्न नमिल्ने बनेको छ । सोही कारण नेपालले विश्वकप छनोटअन्तर्गतको होम म्याच बाहिर खेल्नुपर्ने अवस्था सिर्जना भएको छ । सोही कारण घरेलु मैदानमा खेल्ने खेलाडीको चाहना र राष्ट्रिय टिमलाई घरेलु मैदानमै समर्थन गर्नबाट खेलप्रेमी वञ्चित बनेको अवस्था छ ।
पछिल्लो घटनाबाट पाठ सिकेको मन्त्रालयले कार्यविधि बनाएरै रंगशाला सञ्चालनको मापदण्ड लागू गर्ने तयारी गरेको छ । सोहीअनुसार प्रक्रिया अघि बढेको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव लेखनाथ न्यौपानेले प्रेस विज्ञप्तिमार्फत् जनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच