
काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशले नेपालमै अर्को महिना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप खेल्ने भएका छन् । आठौँ प्रधानमन्त्री कप एनभिए लिगको विजेता र उपविजेताको हैसियतमा हेल्प नेपाल र गण्डकी प्रदेशले काभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । प्रतियोगिता मंसिर २२ देखि २९ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।
यस प्रतियोगितामा सेन्ट्रल एसियाका विभिन्न राष्ट्रका च्याम्पियन टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट भने आयोजक राष्ट्र भएका कारण दुई क्लबले सहभागिता जनाउने पक्का भएको हो । हेल्प नेपालले क्लब च्याम्पियनसिपका लागि विदेशी खेलाडीसँगै नेपालमै अन्य विभागीय टोलीबाट खेलिरहेका खेलाडीलाई यस प्रतियोगिताका लागि क्लबमा ल्याउने तयारी गरिरहेको छ ।
केही महिनाअघि मात्र नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब च्याम्पियनसिपमा एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्डकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो । यसपटक हेल्प नेपाल र गण्डकीले विदेशीसँगै अन्य विभागका खेलाडी सम्मिलित गरेर टिम निर्माण गर्ने तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच