काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । कोषतर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्तबाट प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले हस्ताक्षर गर्नुभएको हो ।
सो अवसरमा कोषको कर्जा सुरक्षण विभागका विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलियालगायतका पदाधिकारी र जीवन विकासका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीलगायतको उपस्थिति रहेको थियो ।
सम्झौतासँगै जीवन विकास लघुवित्तले लघु व्यवसायका लागि सदस्यहरूलाई बिनाधितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको प्रतिव्यक्ति १० लाखसम्म, धितो जमानीमा लगानी गरेको प्रतिव्यक्ति २० लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । कोषमा सुरक्षित कर्जा विभिन्न कारणले असुल हुन नसकेमा संस्थाले कोषसमक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी दिनेछ ।
यसप्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.८ प्रतिशत रहेको छ । जसमध्ये ५० प्रतिशतमात्र जीवन विकासले कोषमा बुझाउने र बाँकी सुरक्षण शुल्क रकम नेपाल सरकारबाट अनुदानस्वरूप कोषमा प्राप्त हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच