जानकी केबुलबारे बताइदिनुस् न ?
जानकी केबुल वायर केबुलसम्बन्धी उद्योग हो । हामीले २०६९/०७० देखि जनकपुरमा जानकी केबुल उद्योग सुरु गरेका थियौँ । सुरुमा हामी जनकपुर क्षेत्रमै केन्द्रित थियौँ तर अहिले हाम्रा आफ्ना उत्पादन देशैभरि पुगेका छन् ।
अहिले जानकी केबुलको बजार कस्तो छ ?
अहिले ठीकै छ, धेरै नराम्रो होइन, धेरै राम्रो पनि होइन । पछिल्लो समय मन्दीका कारण अपेक्षाअनुसार छैन । त्यसो त हामीले देशका ७७ वटै जिल्लामा आफ्ना आउटलेट विस्तार गरेका छौँ ।
अहिले केबुल उद्योग कति छन् ?
विगतमा दुई दर्जन बढी उद्योग थिए तर पछिल्लो सयम झण्डै आधा दर्जन उद्योग बन्द भएका छन् भने केही उद्योग क्षेत्रीयस्तरमा सीमित छन् । हामीलगायत आधा दर्जन जति उद्योग भने देशव्यापी बन्ने प्रयास गर्दैछौँ ।
केबुलहरू बाहिरबाट आयात हुँदैनन् ?
डोमेस्टिक केबुल आयात भएको छैन तर डोमेस्टिकबाहेक केबुल बाहिरबाट आइरहेको अवस्था छ । हामी चाहन्छौँ, कुनै पनि केबुल आयात नहोस् । हामीले सोहीअनुसार केबुल उत्पादनलाई विविधीकरण गर्दै गएका छौँ । हाइटेन्सन्सलगायत सबै किसिमका तार उत्पादनतर्फ केन्द्रित हुँदैछौँ । अहिले डोमेस्टिक केबुलमा त हामी आत्मनिर्भर भइसकेका छौँ । एचटी केबुलहरू भने सबै आयात भइरहेको अवस्था छ ।
स्वदेशी केबुल उद्योगबीच प्रतिस्पर्धा कस्तो छ ?
राम्रै छ । हामी मिलेर काम गरिरहेका छौँ । अर्थात् हामीबीच स्वस्थ प्रतिस्पर्धा छ । अस्वस्थ प्रतिस्पर्धा छैन किनभने सबै केबुल उद्योगले कच्चा पदार्थ बाहिरबाटै आयात गर्ने हो । सबै कच्चा पदार्थ भारत र दुबईबाट आयात हुन्छ । त्यसैले मूल्यमा प्रतिस्पर्धा छैन ।
स्वदेशी उद्योगको प्रवद्र्धनका लागि के गर्नुपर्ला ?
स्वदेशमै उत्पादन हुने केबुलगायतका विद्युतीय सामग्रीको आयात निरुत्साहित गर्नुपर्छ । प्रोजेक्टले गर्ने काम भन्सार सहुलियतमा पनि सामान आइरहेको अवस्था छ । कतिपय तार किलोको हिसाबमा पनि भित्रिएको अवस्था छ । नेपाल विद्युत् प्राधिकरण र विभिन्न प्रोजेक्टले गर्ने टेण्डरमा स्वदेशी उद्योगलाई बाइपास गर्न खोजेको देखिन्छ । त्यसमा अनावश्यक शर्तहरू राखिएका हुन्छन् । अर्थात् नेपाली उत्पादन गुणस्तरीय हुँदाहुँदै पनि त्यस्ता टेण्डरहरूमा स्वदेशी उद्योगलाई त्यति सहज देखिँदैन । त्यस्तो हुनुभएन । सरकारी टेण्डरमा स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्नुपर्छ ।
जानकी केबुलका उत्पादनका मुख्य विषेशता चाहिँ के हुन् ? ग्राहकले जानकी केबुल नै किन प्रयोग गर्ने ?
हामीले जानकी केबुलका सबै प्रकारका तारमा मिटर प्रिन्ट नै गरेर बजार पठाइरहेका छौँ । हामी हाम्रा उत्पादनमा पारदर्शी छौँ, जसले व्यापारी र उपभोक्तालाई पनि फाइदा पुर्याएको छ । अर्को कुरा, नेपालमा जानकी एउटामात्रै उद्योग हो, जसले युरोपियन सर्फिफिकेट लिन सफल भएको छ । हामीले युरोपियन सर्टिफिकेट सिइ र आइसी लिएका छौँ भने इण्डियन स्ट्याण्डर्डका लागि पनि हामी प्रोसेसमा छौँ । इण्डियन स्ट्याण्डर्डपछि नेपालमा सञ्चालन हुने भारतीय प्रोजेक्टमा हाम्रा उत्पादन प्रयोगका लागि बाटो खुल्नेछ भने भविष्यमा निर्यात पनि हुन सक्ला ।
तारबाहेकका अन्य विद्युतीय उद्योगको सोच पनि छ कि ?
तार भनेको समुन्द्र जस्तो रहेछ । यही क्षेत्रमै धेरै काम गर्न बाँकी छ । तारकै विविधीकरणतर्फ केन्द्रित हुँदैछौँ । त्यसैले अहिले अन्य विद्युतीय उत्पादनतर्फ सोच छैन । पछि के हुन्छ भन्न सकिन्न ।
कहिलेदेखि जानकी केबुल मेलाको डाइमण्ड स्पोन्सर छ ?
यो तेस्रोपटक हो । केही वर्ष हामी छुटेका थियौँ तर हामी यसअघि १०औँ संस्करणमा पनि डाइमण्ड स्पोन्सर थियौँ, ११औँ संस्करणमा पनि छौँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच