बर्दिया । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टिले १७ वटा स्थानमा उम्मेदार टुंगो लगाएको छ ।
हालसम्म १७ वटा स्थानको टुंगो लगाइएको नागरिक उन्मुक्ति पार्टिले जनाएको छ । नागरिक उन्मुक्ति पार्टिले सुदुरपश्चिम बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्षमा रेखा जेठारा, कैलालीको जिसस प्रमुखमा रुक्मती थारु, कन्चनपुर भिमदत्त नगरपालिका-६ मा वडाध्यक्ष हरिश चौधरी यसैगरी लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको सुद्धोधन गाउँपालिका-१ मा वडाध्यक्षको लागि सुर्यकुमार चौधरी थारु , बर्दिया ठाकुरबाबा नगरपालिका वार्ड नं. ४ को वडाध्यक्षका लागि प्रितिलाल थारु, गण्डकी प्रदेशको गोरखा जिल्ला गोरखा नगरपालिका-५ मा वडाध्यक्षका लागि सुकमाया नेपाली, यसैगरी बाग्मती प्रदेशको नुवाकोट जिल्लाको ककनी गाउँपालिका-२ को वडाध्यक्षका लागि अमृत तामाङ, मधेश प्रदेशको सप्तरी जिल्लाको डाक्नेश्वरी पालिका-४ मा पालिका अध्यक्षका लागि शिवकुमार राम, सोहि पालिका वार्ड नं. १ को वडाध्यक्षका लागि चन्द्रकिशोर चौधरी, रौतहट जिल्लाको इशनाथ नगरपालिका-७ मा वडाध्यक्षका लागि टेक साहिद, सोहि जिल्लाको राजपुर नगरपालिका वार्ड नं. ६ मा वडाध्यक्षका लागि नरुद्धिन खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसै गरी रौतहट जिल्लाकै गढिमाई नगरपालिका-८ नं वडाध्यक्षका लागि टेक सुनौलालाई सिफारिस गरेको छ । कोशि प्रदेशको मोरङं ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि ३ जनाको नाम आएकोमा बुद्धिचन विश्वासलाई टिकट दिइएको छ । सुनसरी जिल्लाको गढि गाउँपालिका वार्ड न ८ मा वडाध्यक्षका लागि ललित चौधरी, ताप्लेजुड जिल्लाको सिरिजंग गाउँपालिका वार्ड नं. ३ मा वडाध्यक्षका लागि प्रेम मादेन, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वार्ड नं. १२ को वडाध्यक्षका लागी सिताराम चौधरी, र उदयपुर बेलका नगरपालिका वार्ड नं. ८ को वडाध्यक्षका लागि भुपेन्द्र राईलाई सिफारिस गरिएको पार्टिले जनाएको छ । अन्य स्थानका लागि भने प्रकृयामा रहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच