काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
मंगलबार गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गर्नुभएको छ ।
सभामुखको समेत हस्ताक्षरबाट बहुमत देखाएर मुख्यमन्त्री नियुक्त गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च अदालत पुग्नुभएको हो ।
एमाले संसदीय दलका नेता अधिकारी आइतबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। अधिकारीले शपथ खाएर अरू दुई बिना विभागीयमन्त्री पनि नियुक्त गरिसक्नुभएको छ ।
कांग्रेस संसदीय दलका नेता पाण्डेले चैत २१ गते राजीनामा दिनुभएको थियो। उहाँको राजीनामा सँगै प्रदेश प्रमुख भट्टले ७ दिनको समय दिएर २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त हुने सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।
एमाले, माओवादी र एक स्वतन्त्र सांसदले एमाले नेता अधिकारीलाई समर्थन गर्ने भन्दै मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गनुृभएको थियो। अधिकारीका तर्फबाट पेस दाबीमा एमालेका २२, माओवादीका ८ र एक स्वतन्त्र गरी ६० सदस्यीय गण्डकी प्रदेश सभाको बहुमत ३१ सदस्यको समर्थनको उल्लेख छ।
माओवादीले आफ्ना ८ सांसदको उल्लेख गरे पनि उक्त दलका एक सदस्य कृष्ण धिताल भने सभामुख हुनुहुन्छ ।
रिटमा मुख्यमन्त्रीमा अधिकारीको नियुक्त असंवैधानिक दाबीसहित बदर गर्न माग गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच