काठमाडाैं । दक्षिणी र पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ ।
इजरायली लडाकु विमानहरूले पूर्वी शहर बालबेकमा शृङ्खलावद्ध हवाई आक्रमणहरू गरेका थिए । एउटा हमलाले अल-शाब छिमेकमा रहेको दुई तले भवनलाई निशाना बनाएको थियो । जसमा नौ जनाको मृत्यु भएको थियो र पाँच जना घाइते भएका थिए ।
इस्लामिक हेल्थ अथोरिटी र सिभिल डिफेन्सका उद्धार टोलीहरूले भग्नावशेष हटाउन र बाँचेको खोजी गर्ने प्रयास जारी राखेका छन् । यसअघि इजरायली लडाकु विमानहरूले दक्षिणी शहर नाबातीह र वरपरका क्षेत्रहरूमा १६ वटा हवाई आक्रमणहरू गरेका थिए ।
नाबतीहमा भएको हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको छ र चार जना घाइते भएका छन् ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच