
ललितपुर । महालक्ष्मी नगरपालिका-९ को आयोजनामा सम्पन्न दुईदिने वडा कप खुला र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका रूपेश जैसवालले जित्नुभएको छ । भारत र नेपालका शीर्ष खेलाडीबीच कडा प्रतिस्पर्धामा रूपेशले नौ चरणको खेलबाट एकल आठ अंक जोडेर विजेता बन्नुभएको हो ।
पूर्व नेपाल च्याम्पियनसमेत रहनुभएका रूपेश जैसवालले आठौँ चरणको खेलमा भारतका विनायक सिंह यादवमाथि जित गर्दा नै उपाधिको दावेदार बन्नुभएको हो । रूपेशले ट्रफी, गोल्ड मेडल, प्रमाणपत्र र नगद २५ हजार हात पार्न सफल हुनुभएको छ ।
यसैगरी भारतका विनायक सिंह यादवले ७.५ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा उत्कृष्ट द्वितीय स्थान हात पार्नुभएको छ । उहाँले सिल्भर मेडल र नगद १५ हजार प्राप्त गर्नुभयो । समान ७.५ अंक बनाएर पनि कट वान प्रोग्रेसिभ प्वाइन्टका आधारमा पुरुषोत्तम सिलवाल तृतीय हुनुभयो । उहाँले ब्रञ्ज मेडलसहित नगद १० हजार प्राप्त गर्नुभयो ।
यस्तै चौथो स्थानमा क्षितिज भण्डारी, पाँचौँमा कमल श्रेष्ठ, छैटौँमा सुरोज महर्जन, सातौँमा सजिन महर्जन, आठौँमा राजेन्द्र बज्राचार्य, नवौँमा राजेन्द्रप्रसाद श्रेष्ठ र दशौँ स्थानमा सन्देश श्रेष्ठ रहनुभएको छ ।
उत्कृष्ट महिला प्रथम शान्ति धिमाल, द्वितीय अश्विना आचार्य, तेस्रो सोनी डंगोल, बेष्ट ललितपुर सानुभाइ महर्जन, द्वितीय बद्रीलाल नेपाली, वेष्ट महालक्ष्मी अशोकमोहन श्रेष्ठ, द्वितीय राजन पुरी, बेष्ट भेट्रान नवीन तण्डुकार, द्वितीय पूर्णराज खड्का, उत्कृष्ट १८ सय रेटेड गोविन्दप्रसाद पौडेल, द्वितीय गणेशबहादुर थापा, १६ सय रेटेड आभाष तिवारी र द्वितीय स्थान राजेन्द्र श्रेष्ठले प्राप्त गर्नुभएको छ ।
यस्तै उत्कृष्ट नवप्रवेशी खेलाडी सुदीन नेपाल, द्वितीय भारतका रसिद मोहम्मद, यू-१८ मुहान नरसिंह श्रेष्ठ, प्रज्ज्वल चौलागाईं, यू-१६ सम्यक श्रेष्ठ, शिभम कुमार शाह, यू–१४ हर्षबर्धन राठी, कसिभ कार्की, यू-१२ ओस्कार पन्थी र द्वितीय अग्रिम सैंजू बन्नुभयो । उत्कृष्ट विद्यालयका छात्रा प्रथम निकिता चौधरी, द्वितीय लक्की लिम्बू, तेस्रो इन्शु ओली, उत्कृष्ट १४ मुनि सागर रिजाल प्रथम, अदित याख्खा द्वितीय, प्रतीक ढुंगेल तृतीय स्थानमा रहनुभयो भने यू-१४ माथि कृजन तामाङ प्रथम, रोशन्त सुवाल द्वितीय र समुयल मगर तृतीय बन्न सफल हुनुभयो । प्रतियोगिताका प्रमुख निर्णायक एफए स्वराज ताम्राकारले विजेताको नाम घोषणा गर्नुभएको थियो ।
महालक्ष्मी नगरपालिका वडा नं. ९ स्थित शम्भू चौरमा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रमको सभापतित्व वडाध्यक्ष जयकृष्ण बोगटीले देशैभरिका २१४ जना सहभागी खेलाडीलाई न्यानो आतिथ्य प्रदान गर्नुभएको र प्रतियोगिता प्रत्येक वर्ष निरन्तर आयोजना हुने बताउनुभयो । प्रमुख अतिथि नगर प्रमुख हरिगोविन्द श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो । उहाँले स्थानीय खेलाडीको प्रोत्साहन गर्न महालक्ष्मी नगरका विजयीहरूलाई नगरपालिकाका तर्फवाट थप पुरस्कार प्रदान गरिने जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच