जर्मनी । जर्मनीले पाहुना टोली बोस्निया एन्ड हर्जगोभिनाको पोस्टमा गोलको वर्षा गरेको छ । नेसन्स लिग फुटबलअन्तर्गत शनिबार राती सम्पन्न खेलमा जर्मनीले पाहुना टोली बोस्निया एन्ड हर्जगोभिनाको पोस्टमा सात गोल गरेको हो । बोस्निया एन्ड हर्जगोभिनाले एक गोल पनि फर्काउन सकेन । जर्मनीका लागि फ्लोरियन विर्ट्ज र टिम क्लेनडिएन्स्टले समान दुई-दुई गोल गर्नुभयो । यस्तै, मल मुसिएला, काई हाभर्टज र लिरोए सानेले एक-एक गोल गर्नुभयो । जर्मनीले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल गरेको थियो ।
समूह चरणको अन्तिम खेलमा हंगेरीको सामना गर्न बुडापेस्ट पुग्नुअघि जर्मनीले खेल सुरु भएको ९० सेकेण्डपछि नै जमाल मुसियालाको हेडरमार्फत् गोल गर्दै अग्रता लिएको थियो । बायर्न म्युनिखका आक्रामक मिडफिल्डरले क्लब र देशका लागि लगातार तेस्रो खेलमा गोल गर्नुभयो ।
२३औँ मिनेटमा रोबर्ट एन्ड्रिचको पासमा स्ट्राइकर क्लेनडिएन्स्टले पहिलो गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाउनुभयो । ३७औँ मिनेटमा काई हाभर्ट्जले अर्को गोल गर्नुभयो । दोस्रो हाफको पाँच मिनेटमै विर्ट्जको फ्रिकिक प्रहार बोस्नियाका गोलकिपर निकोला भासिल्जले बचाउन सक्नुभएन । ५७औँ मिनेटमा विर्ट्जले व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौँ गोल गर्नुभयो । त्यसको नौ मिनेटपछि वैकल्पिक खेलाडी लेरोय सानेले गोल गर्दै जर्मनीको अग्रता ६-० मा पुर्याउनुभयो । ७९औँ मिनेटमा क्लिनडिएन्स्टले गोल गर्दै बोस्नियालीलाई ७-० को हार चखाउन सफल हुनुभयो ।
जितसँगै जर्मनी समूह ‘ए ३’ को शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगिताको अर्को वर्ष हुने क्वाटरफाइनलमा पुगिसकेको जर्मनीको १३ अंक छ भने नेदरल्याण्ड्स आठौँ स्थानमा छ । लगातारको उत्कृष्ट नतिजासँगै जर्मनी सन् २०२६ को विश्वकपअघि आफूलाई अन्तर्राष्ट्रिय शक्तिका रूपमा पुनः स्थापित गर्न आतुर देखिएको छ ।
जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले भन्नुभयो, ‘हामीलाई खेलबाट कुनै चोटपटक लागेको छैन । हाम्रो काउन्टर प्रेसिङ असाधारणरूपमा राम्रो थियो । यति गहिराइमा बसेको प्रतिद्वन्द्वीविरुद्ध सात गोल गर्नु ठूलो कुरा हो ।’
यसैगरी, लिगकै अर्को खेलमा नेदरल्याण्ड्सले हंगेरीमाथि ४-० को जित निकाल्न सफल रहृयो । पहिलो हाफमा दुई पेनाल्टी र दोस्रो हाफमा दुई गोल गरेपछि नेदरल्याण्ड्सलले मार्चमा हुने नेसन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।
वाट वेगहस्र्ट र कोडी गाक्पोले गोल गर्नुभयो भने डेन्जेल डम्फ्रिज र टेउन कुप्मेनर्सले थप दुई गोल गर्नुभयो । हंगेरीका सहायक प्रशिक्षक एडम स्जालाई विसन्चो भएपछि योहान क्रुफ स्टेडियममा भएको खेल सात मिनेटपछि रोकिएको थियो । उहाँको उपचारका क्रममा खेल रोकिएको थियो । मैदानमा खेलाडीहरूबीच छलफलपछि मात्र हंगेरीको टोली खेल्न सहमत भएको थियो ।
२१औँ मिनेटमा डोनेल मालेनलाई जोसोल्ट नागीले लडाएपछि वेगहस्र्टले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाउनुभएको थियो । पहिलो हाफको इन्जुरी समयमा भिएआर जाँचमा डिफेन्डर तमस निकित्स्चरले अन्तिम एक्सनमा गाक्पोको क्रस क्लियर गर्न खोज्दा बललाई हृयाण्डल गरेको पाइएपछि हंगेरीले अर्को पेनाल्टीको सामना गर्नुपरेको थियो । हंगेरीका गोलकिपरले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै स्कोर २–० मा रोक्नुभएको थियो । तर, ६४औँ मिनेटमा डम्फ्रिजले प्रहार गरेको बललाई उहाँले केही गर्न सक्नुभएन । युरो २०२४ अघि ग्रोइनमा चोट लागेपछि पहिलोपटक पुनरागमन गर्नुभएका कोप्मेइनर्सले ८५औँ मिनेटमा उत्कृष्ट हेडरमार्फत् अर्को गोल गर्दै नेदरल्याण्ड्सलाई सहज जित दिलाउनुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच