काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक राजनीतिक नेताहरुले पूर्वसभामुख स्व।दमननाथ ढुंगानाबाट निष्ठाको पाठ सिक्न जरुरी रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंको नयाँ गौचरणमा राखिएको ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका महामन्त्री थापाले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । उहाँले आफ्नो पार्टीबाट सभामुख भएपछि पार्टीप्रति झुकाव राख्नुपर्ने आफूहरुको ठानेको भएपनि उहाँले त्यस्तो नगरि निष्ठाको राजनीति गर्नुभएको बताउनु भयो । नेपालका हरेक संघ र संस्थामा राजनीतिक मान्छेहरु जोडिएको कारण विकास हुन नसकेको उल्लेख गर्नुहुँदै उहाँले जुन दलबाट भएपनि संस्थाको नेतृत्वमा पुगेपछि शतप्रतिशत इमान्दारिता देखाउनुपर्ने कुरा स्व।ढुंगानाबाट सिक्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समयमा उहाँले नेपालमा शान्ती स्थापना गर्ने कुरामा गरेको योगदान सम्झन्छु । अझ त्योभन्दा पनि महत्वपुर्ण कुरा के भने उहाँले संसदको सभामुख भइसकेपछि उहाँले हाम्रो पार्टीको सदस्यता त्यागेर सभामुखको आसनमा बस्नुभयो । र उहाँले संसद्मा सभामुखको भुमिका निर्वाह गर्नुभयो । हामीले त्यो कुरा बुझेनौं । हाम्रो पार्टीबाट सभामुख हुनुभएका व्याक्तिको हामीप्रति अलि बढी झुकाव हुनुपर्दछ भन्ने हामीले ठान्यौं । उहाँको भुमिकालाई हामीले जसरि बुझ्नुपथ्र्यो त्यसरि बुझ्न चुक्यौं । नेपालमा संस्थाको किन विकास हुन सकेन भने त्यो संस्थाको नेतृत्वमा कुनै न कुनै राजनीतिक दलहरुमा जोडिएको मान्छे नै पुग्ने हो । आखिर गैरदलीय जाओस् कि दलीय छान्ने दलीय मान्छेले नै हो । जुनसुकै राजनीतिक दलमा भएपनि संस्थाको नेतृत्वमा पुगिसके पछाडि उसको शतप्रतिशत इमान्दारिता हुनुपर्दछ । दमननाथ ढुंगानाले यो कुुरा शुरुवात गर्नुभएको हो । तर त्यो बेला हामी कसैले यो कुरा बुझ्दै बुझेनौं । त्यो कुरा नबुझेको आजसम्म पनि हामी सबै मूल्य चुकाइरहेका छौं । सबै संस्थाहरु एकपछि अर्को धराशायी किन बनिरहेको छ भने मान्छे खराब भएर होइन । त्यो संस्थाथाप्रति न्याय गर्न नसकेर हो ।’
उहाँले उदार प्रजातन्त्रमा विश्वास गर्ने मान्छेले उहाँबाट निष्ठा सिक्न जरुरी रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच