शिक्षक दरबन्दी मिलानमा उदासिन बुंगल नगरपालिका, विद्यालयमा विद्यार्थी अनुकुल शिक्षक नहुँदा पठनपाठन प्रभावित

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 6 mins

बझाङ । बझाङको बुंगल नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरू मर्ज गरिएको ८ महिना सम्म पनि शिक्षक दरबन्दी मिलानमा बझाङको बुंगल नगरपालिका उदासिन देखिएको छ । नगरपालिकामा लामो समय सम्म पनि शिक्षक दरबन्दी मिलान नहुँदा विद्यार्थीको पठनपाठन नै प्रभावित बन्न पुगेको छ । नगरपालिकाले शैक्षिक सुधारका लागि गत बैशाख ३० गते कार्यपालिकाको बैठकबाट निर्णय गर्दै यही शैक्षिक सत्रबाट लागुहुने गरी नगरपालिका भित्रका १३ वटा विद्यालय मर्ज तथा समायोजन गरेको थियो भने, ११ वटा विद्यालयमा डाउन साइज अर्थात तह घटाइएको थियो ।

नगरपालिकाले लगत्तै आवस्यकताको आधारमा शिक्षक दरबन्दी मिलान गर्ने निर्णय पनि गरेको थियो । तर उक्त, निर्णय कार्यान्वयन गराउन नसक्दा शिक्षक दरबन्दी मिलान नर्ग नसिकिएका कारण विद्यार्थीको पठनपाठन प्रभावित बन्न पुगेको सत्य माध्यामिक विद्यालयका प्रधानाध्यापक खडक बहादुर बोहराले बताउनु भयो ।

शैक्षिक शत्र शुरु भएको र विद्यालय समायोजन गरेको ८ महिना सम्म पनि बुंगल नगरपालिकाले दरबन्दी मिलान गर्न नसक्दा कुनै विद्यालयमा शिक्षक संख्या आवश्यकता भन्दा बढी रहेको र कुनै विद्यालयमा शिक्षक संख्या आवश्यकता भन्दा कम हुँदा विद्यार्थीको पठन पाठनमा समस्या भएको हो ।

विद्यालयहरू मर्ज र डाउन साईज पछि शिक्षक दरबन्दी मिलान लामो समय देखी हुन सकेको छैन । यसले गर्दा पनि नगरपालिका भित्रका विद्यालयमा शैक्षिक सुधार हुन सकिरहेको अवस्था छैन । नगरपालिका भरीका १ सय ५० भन्दा बढी विद्यार्थी भएको धेरै विद्यालयमा १ जना शिक्षकले मात्रै पढाउनु परिहेको र ७/८ जना विद्यार्थी संख्या भएको कुनै कुनै विद्यालयमा ४ जना भन्दा पढी शिक्षक रहेकोले विद्यार्थीको पठनपाठनमा प्रभाव परिरहेको महादेव माध्यामिक विद्यायका प्रधानाध्यापक सुर्य बहादुर रानाले बताउनुभयो ।

केही विद्यालयहरुलाई निजी शिक्षक पाल्नका लागी समस्या भएको र आवस्यकता अनुसार विद्यालयमा शिक्षक नहुदा विद्यार्थीको पठनपाठन पनि प्रभावित भएकोले आफुहले छिटो भन्दा छिटो शिक्षक दरबन्दी मिलान गर्नुपर्ने भन्दै प्र. बैठक लगाएत बेलाबेलामा आवाज उठाएको भएपनि नगरपालिका भने यस विषयमा चासो नदेखाएका बुंगल नगरपालिका-२ स्थित चन्द्र माध्यामिक विद्यालय गिंरौका प्रधानाध्यापक शिवराज जोशीले बताउनुभयो ।

दरबन्दी मिलान गर्न सकियो भने विद्यालयमा पठनपाठन राम्रो हुनुका साथै नगरपालिका भित्र राखिएका निजी शिक्षकहरु र नगरपालिका बाट राखिएका शिक्षकहरुको समस्या सामाधान हुन्छ । साथै दरबन्दी मिलानले नगरपालिकाको व्ययभार पनि कम हुनुका साथै विद्यालयको तनाव पनि कम हुने उहाँको भनाई छ । गत बैशाख ३० गतेको निर्णयबाट विद्यालय समायोजन र तह मिलानका कामहरु सकिएर शिक्षक दरबन्दी मिलानको काम पनि अन्तीम चरणमा पुगेको र पहिलो चरणमा प्रावि तहको दरबन्दी मिलान अबको एक हप्ताभित्रै टुङ्ग्याउने गरी काम भइरहेको बुंगल नगरपालिका शिक्षा शाखा प्रमुख एवं शिक्षा अधिकृत देवराज जोशीको भनाई छ । उहाँले भन्नुभयाे, 'आधारभुत तह र माध्यामिक तहमा विद्यार्थी, शिक्षक संख्या मिलाएर मात्रै नहुने भएकाले शिक्षकको बिषय पनि मिल्नुपर्ने हुन्छ । नगरपालिकामा शिक्षक दरबन्दी नमिलेका कारण प्रत्यक बर्ष ३ करोड बजेटले शिक्षकहरुलाई तलब खुवाउन बजेट कम पुग्ने गरेको छ , अब दरबन्दी मिलान गरेर विभागमा पठाउने काम पनि गरिन लागेको छ ।'

शैक्षिक शत्र शुरु भएको ८ महिना सम्म पनि दरबन्दी मिलान गर्न नसक्नुले विद्यार्थीहरुको पठनपाठनमा असर पर्नुका साथै, नगरपालिकाको व्ययभार बढी हुने, विद्यालयलाई निजी शिक्षक पाल्न गाह्रो हुने लगाएतका समस्याहरु देखिएकाछन् । यसले गर्दा पनि नगरपालिका भित्रका विद्यालयमा शैक्षिक सुधार हुन सकिरहेको अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?