काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेसनको आयोजनामा मंसिर १३ गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक मेला हुने भएको छ । मेलामा नेपालमा उत्पादित विभिन्न प्लाष्टिकजन्य वस्तुका उत्पादनका साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, विभिन्न मेसिन-औजार-उपकरणलगायत नवीनतम प्रविधिसमेतको प्रदर्शनी गरिने प्लाष्ट नेपाल फाउण्डेसनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
मेलामा नेपाल, भारत, बंगलादेश, चीनलगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपूर्तिकर्ता र मेसिन उपकरण आपूर्तिकर्ता तथा मिडिया र सेवा प्रदायकको सहभागिता रहनेछ । मेलाको सहआयोजकमा भारतको कम्प्लाष्ट रहेको छ । मेलाले नेपालमा प्लाष्टिकजन्य वस्तु उत्पादन र उपयोग तथा उपयोगपछिको व्यवस्थापनसमेतका विषयमा प्रचारप्रसार गरी जनचेतना जगाउने तथा विश्व बजारमा गरिएका नवीनतम प्रविधिको विकासलाई नेपाली बजारमा भित्र्याउन समेत सहयोग पुर्याउने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच