काठमाडौं । आज सेयर बजारमा सामान्य सुधार आएको छ । आज एकल अंकले सुधार आएको छ। अघिल्लो कारोबार दिन मंगलबार ५१ अंक बढिले घटेको सेयर बजार आज ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा पुगेको छ।
बजार बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १० अर्ब ४६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडमात्र काराेबार भएकाे छ। कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने ११ को स्थिर रहेकाे छ ।
आज आधा दर्जन बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सेन्सेटिभ इण्डेक्स ०.३४ अंकले बढेर ४७८.५० विन्दुमा अडिएको छ।
नेप्से एकल अंकले बढेपनि ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,नेपाल हाइड्रोपावर डेभलपमेन्ट,सप्तकोशी डेभलपमेन्ट बैंक,महिला लघुवित्त वित्तीय संस्था,कर्णाली डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो।
गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । युनिक नेपाल लघुवित्तको ७.०६ प्रतिशत घट्यो । मूल्य घटेका अरुको ३ प्रतिशतभन्दा कम रह्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, जानाकी फाइनान्स, नेपाल फाइनान्स, हिमालय ऊर्जा विकास बैंक र बेस्ट फाइनान्स कम्पनी क्रमशः अगाडि रहे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच