मुक्तिनाथ बैंक र कफी सोलुसनबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कफी व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिलाई व्यावसायिक कर्जा प्रदान गर्ने भएको छ । जसका लागि बैंक र कफी सोलुसनबीच सम्झौता भएको छ । बैंकले कफीको गेडा छान्ने, पिँध्ने, प्याकिङ, कफीजन्य पदार्थ उत्पादन, बेकरी उत्पादनको क्रियाकलाप, आयातसम्बन्धी क्रियाकलाप गर्ने र दैनिक जीविकोपार्जनमा समस्या भएका व्यक्तिलाई कर्जा उपलब्ध गराउनेछ ।

कफी सोलुसनले कफीसम्बन्धी व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्ति छनोट गरी आवश्यक तालिम दिई सक्षम बनाई सशुल्क कफी मेसिन उपलब्ध गराउनेछ ।

कफी मेसिनको लागतको ५० प्रतिशतसम्मको लागत बराबरको रकम व्यवसायीलाई बिनाधितो ऋणस्वरूप मुक्तिनाथ विकास बैंकले उपलब्ध गराउनेछ । ऋण लिएर व्यवसाय सुरु गरी त्यही व्यवसायबाट आर्जित रकमले व्यवसायीले बैंकलाई मासिकरूपमा किस्ता तिर्न मिल्ने व्यवस्था गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?