‘पुरुष अभिनेता बराबरको पारिश्रमिक’

Read Time = 3 mins

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाले आफ्नो आगामी हलिउड चलचित्र ‘लभ अगेन’ र बेब सिरिज ‘सिटाडेल’मा पुरुष अभिनेता बराबर पारिश्रमिक लिनुभएको छ । वर्षौंदेखि लैगिंक कताको आधारमा पारिश्रमिकमा गरिने भेदभाबविरुद्ध आफ्नो धारणा राख्दै आउनुभएकी प्रियंकाले यसपटक बराबर पारिश्रमिक पाउँदा खुशी व्यक्त गर्नुभएको छ ।

प्रियंकाले ‘सिटाडेल’मा आफ्ना सहकलाकार रिचर्ड म्याडेनको बराबर पारिश्रमिक पाएपछि आफूले पत्याउनै नसकेको खुलासा गर्नुभएको छ । ‘सिटाडेल’को प्रचारको क्रममा एक अन्तर्वार्तामा कुरा गर्दै प्रियंकाले भन्नुभयो, ‘साँच्चै भन्नुपर्दा म निकै अचम्ममा परें, किनकि मैले यसबारे सोच्न वा बोल्न छोडेको थिएँ । मेरो पुरुष कलाकारले लिएको पारिश्रमिक र मैले लिएको पारिश्रमिकमा धेरै फरक हुन्थ्यो । जीवनमा यस्तो घटना घट्छ भन्ने मैले साँच्चै सोचेको थिइनँ ।’

प्रियंकाले भन्नुभयो, ‘मेरो २२ वर्षको फिल्मी करियरमा मैले पुरुष बराबरको पारिश्रमिक पाएको यो पहिलो पटक हो ।’ प्रियंकाले बराबर काम गरेर पनि महिला भएकाले कम पारिश्रमिक पाउने र चलचित्र उद्योगमा पुरुषको दबदबा बढी हुने बताउनुभयो ।

उहाँले भन्नुभएको छ, ‘जब महिला उद्योगमा ठूलो पदमा हुन्छन्, के उनीहरूले पछाडि फर्केर हेर्छन् ?, अन्य महिलाहरूलाई मद्दत गर्छन् र अन्य महिलाहरूका लागि अवसर सिर्जना गर्छन् ? मलाई लाग्छ त्यसको उत्तर यही हो । अब म धेरै लामो यात्रा गरिसकेको महसुस गर्छु । सिसाको पर्खाल भत्काएर मैले आफैंका लागि एउटा बाटो बनाएको जस्तो लाग्छ, जुन आगामी कलाकारहरूका लागि उपयोगी हुनसक्छ । ‘लभ अगेन’ र ‘सिटाडेल’ पछि, मैले धेरैजसो परियोजनाका लागि समान शुल्क लिएको छु ।’ प्रियंकाले चललिचत्रका लागि कति रकम लिनुभएको भन्ने जानकारी भने खुलेको छैन ।

प्रियंकाको वेब सिरिज ‘सिटाडेल’ २८ अप्रिलमा ओटीटीमा रिलिज भइरहेको छ । साथै, यही मे १२ मा चलचित्र ‘लभ अगेन’ रिलिज हुँदैछ, जसमा प्रियंकासँगै हलिउड अभिनेता साम हृयुगन देखिनु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?