रौतहट । रौतहट गढीमाई नगरपालिका ४ सुन्दरपुरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेलामा यस वर्ष दस लाख श्रद्धालु आउने अनुमान रहेको नगर प्रमुख तथा पञ्चवर्षीय गढीमाई मेला सेवा समिति २०८१ का अध्यक्ष श्यामप्रसाद यादवले बताउनु भएकाे छ ।
बुधवार गढीमाई नगरपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख यादवले मेलामा करिब दश लाख श्रद्धालु आउने विश्वास व्यक्त गर्नुभयाे ।
यस वर्ष मंसिर १७ देखि २६ गतेसम्म गढीमाई मेला लागिरहेको तथा भारतीय भोजपुरी सिनेमाका सुपर स्टार तथा गायक खेसारीलाल यादव सुन्दरपुर आउने निश्चित भएकोले मेलाका श्रद्धालु तथा दर्शकको संख्या दश लाखभन्दा बढी हुने विश्वास रहेको नगर प्रमुख यादवले बताउनु भयाे । खेसारीलालको कार्यक्रम मंसिर २० गते दिउँसो हुने भएकोले मेला भर्न नेपाल तथा भारतबाट लाखौँ दर्शक आउने पूर्वानुमान रहेको छ ।
यस वर्ष १३औँ मेलाको रुपमा सुन्दरमा गढीमाईको पूजा भइरहेको छ । भव्य मन्दिरको निर्माण भइसकेको सुन्दरपुरमा यसभन्दा पहिले लागेको १२औँ मेलामा साढे तीन लाखभन्दा बढी दर्शक श्रद्धालु मेलामा आएको अनुमान रहेको छ । कम्तीमा साढे सात सय राँगा र हजारौँ बोकाको बलि दिइएको सुन्दरपुरस्थित गढीमाई मेलामा यस वर्ष बलिको संख्यामा अत्याधिक वृद्धि हुने अनुमान रहेको छ । मेलामा २३ गते राँगा बलि तथा २४ र २५ गते बोका तथा परेवा बलिको तिथि निर्धारण गरिएको नगर प्रमुख यादवको भनाइ छ ।
नगरपालिकाको मुख्य व्यवस्थापनमा मेलामा आउने श्रद्धालुको लागि १७ गतेदेखि नै खाना, पानी तथा शौचालयको व्यवस्थाको साथै खेलतमासाको व्यवस्था गरिएको नगर प्रमुख यादवको दाबी छ । यसै गरी प्राथमिक उपचार र महिलाको लागि विशेष स्वयंसेवक र सुरक्षाको व्यवस्था गरिएको यादवको भनाइ छ ।
दर्शकहरुको रुचि अनुसार सबै किसिमको मनोरंजनको व्यवस्था गरिएको छ । बुढापुरानाहरुको मागअनुसार परम्परागत आल्हाउदलको नाच, टिकटक स्टारका साथै हिन्दी र भोजपुरी गीतमा नृत्य गर्नेसम्मको मनोरञ्जनको व्यवस्था मिलाइएको छ ।
गढीमाई नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पर्यटनमा मेलाले ठुलो योगदान दिने विश्वास स्थानीयवासीको रहेको मेला समिति तथा नगर प्रवक्ता दीपेन्द्र श्रेष्ठले बताउनु भयाे । प्रवक्ता श्रेष्ठले गढीमाई नगरपालिकाको हरैया र धर्मपुर गाउँमा पनि धेरै वर्ष पहिलेदेखि गढीमाई मेला लाग्दै आएको र बलि प्रदान गरिँदै आएको बताउँदै यस वर्ष गढीमाई नगरपालिकाको बागमती नदीभन्दा पूर्वतर्फ पनि मेला लागिरहेको जानकारी गराउनु भएकाे छ ।
नेपालको सबैभन्दा ठुलो गढीमाई मेला बारा जिल्लाको बरियारपुरमा लाग्दै आएको भए पनि दोस्रो ठुलो मेला रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा लाग्दै आएको छ । कम्तीमा ६० वर्षदेखि सुन्दरपुरमा गढीमाईको पूजा भइरहेको देखिए पनि गत ३५ वर्षदेखि बढी धुमधामसित मेला लागिरहेको स्थानीयको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच