ज्ञेयः स नित्यसन्न्यासी यो न द्वेष्टि न काङ्क्षति ।
निद्र्वन्द्वो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते ।।
अर्थात् जो काम गर्दागर्दै पनि सुखदुःखको फन्दाभन्दा पर रहन्छ र कुनै पनि कुराको इच्छा या द्वेष नगरीकन जीवन भोग्छ त्यो नित्य सन्न्यासी हो भनेर जान । यस्ता व्यक्ति सांसारिक बन्धनबाट सजिलै मुक्त हुन्छन् । त्याग र सन्न्यासमा कुन उत्कृष्ट हो भनेर मलाई मेरा एकजाना मित्रले सोधे । तत्काल उनलाई मैले त्यागका अनेक रूप र प्रकार बताएर निकै जान्ने बुज्रुक पल्टिएको थिएँ । कुन तीर्थमा गएपछि आफूलाई मन परेको कुरो त्याग्नुपर्छ अरे । मेरा हजुरबा पं.मेघनाथ कोइराला त्यो तीर्थ गएका बेला मेरा छोरानाति कसैले पीपल र वरको फलभक्षण नगरून् भनेर वरपीपलका फल त्यागेर आउनुभएछ । मलाई मेरी आमाले सुनाएका दिनदेखि ती फल मैले पनि खाएको छैन ।
अलि पछि मेरा बाआमा फेरि चारधाम गर्न जानुभयो उहाँहरूले मेरै कारणले कोदो त्यग्नुभएछ । घर गएका बेला मैले आमासँग सोधेँ आमा हजुरले के त्यागेर आउनुभयो त ? आमाले मलाई भन्नुभयो तँ नजन्मुन्जेल त ठीकै थियो तँ अलि ठूलो भएर बोल्ने भएपछि तेरा हजुरबा हजुरआमादेखि तेरा बा र मलाई पनि लाजमर्नु बनाएर दुःख दिएको थिइस् तैँले । त्यसैले त्यही तेरो मन नपर्ने कुरो त्याग्यौँ हामीले पनि सल्लाह गरेर भन्नुभयो । मैले अनेक सोचेँ मलाई के मन नपर्नेरहेछ भनेर दिमागमा आएन र आमालाई नै सोधेँ । आमाले पहाडको ठाउँ जस्तै धनीले पनि कोदो खानै पथ्र्यो ।
ओली र प्रचण्ड तामसी वृत्तिका देखिन्छन् भने कांग्रेसका शेरबहादुर देउवा चाहिँ राजस् वृत्तिका देखिन्छन् । शरीर धारण गरुन्जेल सबै कर्म त्याग्न कसैले पनि सक्दैन । अतः फलको आसबेगर कर्म गर्ने नै त्यागी कहलिन्छ भन्ने गीताको भनाइ पनि सर्वात्मना विश्वसनीय छैन ।
कोदाको ढिँडो रोटी देखिस् भने ‘छिःछिः कुकुरको आची खाए’ भनेर पूरै गाउँभरि हल्ला गर्थिस् तँ कम्ताको थिइस् बज्या भन्नुभयो । रातमाटे पुराना गाउँ छाडेर खुँजतिर हामी बसाइँ सरेकै तेरा कारणले हो । कोदामा तँ भागै नबस्ने भएको सेर्ने टारको खेत सात भाग लाउँदा अक्षता पुर्याउँनै धौधौ हुन्थ्यो भन्नुभयो । यत्रो त्याग मेरा बाआमाले मेरा लागि गर्नुभएछ । यसैगरी गीताको अठारौं अध्यायमा अर्जुनको सन्न्यास र त्यागका सम्बन्धमा प्रश्न आएपछि श्रीकृष्ण भन्दा रहेछन् विवेकीले काम्यकर्मको त्यागलाई नै त्याग भनेका छन् भने विद्वान्ले चाहिँ सम्पूर्ण कर्मको फल त्याग नै त्याग हो भनेका छन् किनभने कर्ममा कुनै न कुनै प्रकारको दोष हुन्छ नै त्यसो भएको हुनाले सबै कर्म नै त्याग्नुपर्छ भन्छन् र अझै अर्काथरी केही चाहिँ यज्ञ, दानजस्ता कर्म त्याग्नु हुँदैन पनि भन्छन् ।
यज्ञ विश्वकल्याण र वातावरण परिष्कारसँग सम्बद्ध भएको हुनाले र दान चाहिँ दैवी दुर्विपाक, प्राकृतिक विपत्ति, पुनसको कर्म फलका रूपमा आएको विपदा आदिका कारणले दुःख पाएका मान्छेलाई उद्धार गर्न सकिने भएको हुनाले होला त्याग्नुहुँदैन भनेको भन्ने मलाई लाग्यो । यसैमा श्रीकृष्णको निश्चय भने झनै भिन्न प्रकारको रहेछ । उनी अर्जुनलाई भन्छन् महाबाहु यज्ञ, दान, तपजस्ता कर्महरू त्याग्नु हुँदैन ती कर्म गर्नैपर्छ किनभने तिनले यस संसारमा भएका विवेकशील मान्छेलाई पवित्र गराउँछन् । विवेक भन्नाले देश, काल, परिस्थिति र आपद्धर्म अनुसारको व्याख्या हो भनिँदोरहेछ । बाँसबारी छालाजुत्ताको जग्गा पजनी कर्ता चौधरीका मुद्दालाई व्याख्या गर्ने न्यायाधीशको जस्तो स्वार्थ प्रेरित र कतिपय पौरस्त्य दर्शनका पण्डित जो छेत्री आदिका छोरी बिहा गरेर ल्याउँथे तर तिनले पकाएको भात नखाने ढोङ् देखाउँथे ।
यस्तालाई विवेकी होइन पाखण्डी भनिँदोरहेछ । यी तीन प्रकारका कर्म फलको आसबेगर गर्नुपर्छ भन्ने कृष्णको निश्चय मत अर्जुनका लागि प्रकट भएको देखियो । यो निष्काम कर्म पनि विचारणीय छ । फलमा कर्ताको अधिकार छैन । केवल कर्ममा मात्रै उसको शक्ति पुग्छ भन्ने कृष्णका मतको रहस्य हो जस्तो छ । यदि यस्तो हो भने फल भनेको आय हो । आयको आस नभए व्यापारीले व्यापार गर्छ र ? स्वर्गको या मोक्षको कामना मनमा नभएको सन्यासी या वैरागी बन्थ्योहोला ? यसरी जब म दिमाग खेलाउन थाल्छु सारा वेदान्त शास्त्र कतै भ्रमको खेती गर्ने कलाका महाजाल त होइनन् भनेर प्रश्न गर्न मन लाग्छ ।
कर्ता तीन प्रकारका हुन्छन् सात्विक, राजस् र तामस् । सात्विक कर्ता बीपी, नेहरू, गान्धी, मनमोहन, मन्डेला, मदर टेरेसा थिए । सत्वमा अवस्थित त्यागी व्यक्ति विवेकी हुन्छ । विवेकले लोभ, मोह, मात्सर्यलाई तातेका कराहीमा लावा भुटेझैँ भुटेर निर्बीज बनाएको हुन्छ । उसको सन्देह नास भएको हुन्छ । उसबाट न कुनै असत् कर्म हुन्छ न त ऊ सत्कर्मको आत्मरतिका डोरीले बाँधिएर बस्छ । बीपी, गान्धी, कृष्णप्रसाद भट्टराई मनमोहन अधिकारी, सुशील कोइराला सात्विक वृत्तिका राजनेता थिए । यसैगरी कार्य पनि तीनै प्रकारका हुन्छन् । आजको नेपालमा मैले तीनवटै ठूला दलका नेता राजस् र तामस गुणका भएको देखेँ ।
ओली र प्रचण्ड तामसी वृत्तिका देखिन्छन् भने कांग्रेसका शेरबहादुर देउवा चाहिँ राजस् वृत्तिका देखिन्छन् । ‘जघन्यगुणवृत्तिस्था अधो गच्छन्ति तामसाः’ शरीर धारण गरुन्जेल सबै कर्म त्याग्न कसैले पनि सक्दैन । अतः फलको आसबेगर कर्म गर्ने नै त्यागी कहलिन्छ भन्ने गीताको भनाइ पनि सर्वात्मना विश्वसनीय छैन । आदि आचार्य शंकरका साथै स्वरूपानन्द सरस्वती, डा. रामानन्द गिरि, महेश योगी, ब्रहृमानन्द सरस्वती, निश्चलानन्द सरस्वतीले पनि लोकोपकारी काम गरि नै रहे । याज्ञवल्क्य भन्छन् यस ब्रहृमाण्डका जे जति पनि नसनाताका सम्बन्ध छन् ती सबै आफ्ना लागि निहित हुन्छन् ।
पति पत्नीका लागि होइन, पुत्र पितामाताका लागि होइन, सबै आफ्नै स्वार्थबाट बेरिएका हुन्छन् भन्दै उनी सर्वस्वार्थं समीहते भन्न पुगेका देखिन्छन् । गम्भीर किसिमले सोच्दा कृष्णभन्दा याज्ञवल्क्य त्रिकाल सत्यमा उभिएका देखिन्छन् । बालकृष्ण पक्राउ पर्दा मन्जु भागिन् । पतिसँगै जेल गइनन् । अहिले कांग्रेसका धेरै मान्छे शेरबहादुरलाई छाड्न खुट्टो उचाल्न थालेका छन् । यो याज्ञवल्क्यको चिन्तन सत्य भएको प्रमाण हो । गुणका भेदले ज्ञान, कर्म र कर्ता पनि तीनै प्रकारका हुन्छन् भनेर सांख्यशास्त्रमा कपिलले बताएका छन् । जुन ज्ञानले यी बेग्लाबेग्लै देखिने सारा प्राणीमा एकै देख्छ त्यो ज्ञान चाहिँ सात्विक ज्ञान हो ।
प्रचण्डकी छोरीका अपकर्मको पनि नाम लिनु नहुने गणतन्त्रको विरोध भइहाल्ने, पूर्वराजा मठमन्दिरमा पनि जानु नहुने फायल खोल्ने धमास दिनैपर्ने, उनका मान्छेको विरोध गर्नै नहुने ज्यान जाने मुक्ति अधिकारी, गणेश चिल्वाल, गंगादेवीका पति र पुत्रमात्रै छैनन् अनन्त उदाहरण दिन सकिन्छ ।
बीपीले जनता र देशमात्रै देखेका थिए । गिरिजाप्रसादले आफू र आफन्त देख्न थालेपछि उनी विवादमा आएकै हुन् । गणेशमान पनि पत्नीपुत्रका पक्षमा उभिनाले उनको त्यागमा मैलो बादल लाग्यो । दरबारले नाम नखुलेका कालो पदार्थ खाने र सारीको मुजा पनि पछाडि फर्काएपछि सर्वनासको भुमरीमा पर्नुपरेको थियो । जुन ज्ञानबाट सारा चराचरमा रहेका अनेकौं प्रकारका भावपदार्थलाई पृथक् पृथक बोध गरिन्छ त्यो राजस् ज्ञान हो । नेपालका दरबारले आफूलाई एक प्रकार अनि जनतालाई अर्को प्रकार आरम्भदेखि नै देखेकै हो, व्यवहार पनि त्यस्तै गरेकै हो । जुन ज्ञानले सशरीर, प्रतिमा आदिमा एकै आत्मा छ भन्ने अतार्किक ज्ञान गराउँछ त्यो तामस् ज्ञान हो भनेर गीतामा कृष्णले अर्जुनलाई बताएका छन् । वामपन्थीका सारा ज्ञान र कर्म तामस्वृत्तिका यसरी देखिन्छन् । (गीता, १८, श्लोक १९, २०, २१, २२) ।
केही कुरो पाउने र दिलाउने उद्देश्यबाट अभिप्रेरित भएर कुनै पनि व्यक्तिले अहंकारपूर्वक दुःसाध्य र डरलाग्दा जुन काम गर्दछ त्यो काम राजस् हो । आफ्नो गरिबी अवस्थालाई सदाका लागि बिदा गरेर आफ्ना क्षेत्रका बासिन्दा र आफन्तलाई आर्थिक सुविधासम्पन्न बनाउने उद्देश्यले शेरबहादुर देउवाले पाँच–पाँचपटक प्रधानमन्त्री र पटक–पटक सभापति भएर जेजस्ता राम्रा नराम्रा उचित अनुचित काम गरे ती सबै राजस् वृत्तिजनित काम हुन् । आफ्नो र आफन्तको हित चिताउने रजोगुणीले हो । कोरोनाले विश्व डल्लिएका बेला ओम्निग्रुपलाई जसरी ओलीले जोगाउने काम गरे, झापा आन्दोलनका नाममा जुन व्यक्तिहत्यालाई राजनीतिको बर्को ओडाए र माओवादीले पनि जे गरेर देखाए ती काम रजोगुणीबाट सम्भव हुँदैनन् ।
कुनै काम हुँदै नभई उद्घाटन गर्नु, मुखले शून्यसहनशीलता भनेका काममा आफ्नो र आफन्त परेपछि आँखा चिम्लनु देशको सर्वोच्च निकायमा बसेर हीन र मिथ्या बोल्नु यी सबै जघन्य कर्म हुन् । यस्ता कर्मले अधोमुखी यात्रा गराउँछन् । यिनका संगतमा लागेर राजस्वृत्तिका शेरबहादुर देउवा पनि अधोमुखी यात्रामा लाग्न विवश देखिन्छन् । यस पटकको महासमितिले मैला कपडामा साबुन लाएझैँ गज्गजी फिँज आउने गरी पिटपाट धोईपखाली नगरे कांग्रेसका पनि दिन समाप्तितिर लाग्नेछन् ।
चित्त स्थिर नभएको अज्ञानी, विनयभाववर्जित, मूर्ख, अर्काको वृत्ति अपहरण गर्ने अल्छी, चञ्चल स्वभावको, सधैं शंका गर्ने र आफ्नै कृत्यप्रति खिन्न या नचाहिँदो गरी प्रहर्षित हुने दीर्घसूत्री कर्ता तामसी वृत्तिको हुन्छ । यस प्रकारका प्रवृत्ति प्रचण्डमा धेरै, झलनाथ, बाबुराम, माधव नेपाल आदिमा पनि धेरै हदसम्म रहेको देखिन्छ । यस दृष्टिले प्रचण्डलगायत नेपालका वामदल र तिनका जत्था गाईगोरु काट्न पनि सक्ने, सुन तस्करी गर्न सक्ने, मान्छे मार्न र झाडी फाँड्न साइतै नचाहिने गरी प्रस्तुत हुन पनि सक्नेजस्ता गुणले भरिभराउ भएका कारणले यी तामसी वृत्तिका देखिन्छन् ।
प्रचण्डकी छोरीका अपकर्मको पनि नाम लिनु नहुने गणतन्त्रको विरोध भइहाल्ने, पूर्वराजा मठमन्दिरमा पनि जानु नहुने फायल खोल्ने धमास दिनैपर्ने, उनका मान्छेको विरोध गर्नै नहुने ज्यान जाने मुक्ति अधिकारी, गणेश चिल्वाल, गंगादेवीका पति र पुत्रमात्रै छैनन् अनन्त उदाहरण दिन सकिन्छ । यसरी हेर्दा केही त्याग्न बाध्य भएर प्रचण्ड, शेरबहादुर तथा खड्ग ओली सबैले त्याग गरेजस्तो पनि देखिन्छ । अतः यी त्यागी होइनन् । काम, क्रोध, लोभ, मोह, मात्सर्यादि षड्रिपुले घेरिएका व्यक्ति हुन् ।
यस्ता व्यक्ति त्यागी हुन त सक्दैनन् भने सन्यासी भनेको त पुतली हो झुसिल्कीरालाई प्रकृतिले पुतली बनाउँछ त्यसमा मान्छेको या प्रकृतिबाहेक कसैको हात हुँदैन । यिनले पनि बेलाबेला सुहाओस् न केही होस् आफूलाई त्यागी भनेको सुनिन्छ । यिनले कहिल्यै पनि आफूलाई वैरागी या सन्यासी भनेको सुनिएको छैन । अतः सहज किसिमले भन्न सकिन्छ यिनीहरू कामिनीकाञ्चनलोलुप, धनसंग्रही पदेप्सुमात्रै हुन् त्यागी होइनन् भने सन्न्यासी त पल्लो फालको कुरो हो । त्यागी बीपी, मनमोहन अधिकारी, गणेशमान सिंह, सुशील कोइराला र कृष्णप्रसाद भट्टराईमात्रै थिए । भट्टराई र सुशीलमा चाहिँ सन्यासत्वको आभा पनि थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच