
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
सहकारी ठगी प्रकरणमा जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार रवि र जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारीका लागि अनुमति दिनुभएको थियो।
चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए ।
यसैबीच गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक समेत रहेका जोशीलाई बिहीबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बयान सकिएपछि शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका जोशीविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोप छ ।
जोशीलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गत मंगलबार काठमाडौं झिकाइएको थियो । सरकारी वकिल कार्यालय काठमाडौंमा छविको बयान सकिएपछि उनलाई कास्की पठाइएको हो ।
यही प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने काठमाडौं ल्याउने तयारी छ । लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
स्वर्णलक्ष्मी सहकारी प्रकरणमा लामिछानेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । बयानका लागि लामिछानेलाई पनि काठमाडौं ल्याउन लागिएको हो । यसअघि रवि र छवि दुबैलाई रुपन्देही पनि लगिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच