काठमाडौं । मिसेस हेरिटेज इन्टरनेसनल नेपाल विभा बस्नेतले नेपालमा मिसको तुलनामा मिसेसका प्रतियोगितालाई हेलाको नजरले हेर्ने गरिएको गुनासो गर्नुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा मिसको तुलनामा मिसेसले राम्रो सफलता हात पारे पनि हेर्ने दृष्टिकोण भने राम्रो हुन नसकेको उहाँको भनाइ थियो । बस्नेतले केही दिनअगाडि मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता ‘हेरिटेज प्याजेन्ट’मा मिसेसतर्फको शीर्ष उपाधि ‘मिसेस हेरिटेज इन्टरनेसनल’ नेपाललाई दिलाउनुभएको थियो । राजधानीमा आयोजित पत्रकार भेटघाट क्रममा उहाँले ‘हेरिटेज प्याजेन्ट’को अनुभव सुनाउनुभयो ।
‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीको अनुभव मेरो स्वदेशको भन्दा बेग्लै रहृयो । त्यहाँ धेरै देशका कल्चरदेखि धेरै कुराको जानकारी मिल्यो,’ बस्नेतले भन्नुभयो, ‘नेपालको कल्चर, हेरिटेज र नेपाली महिलाको लचकताबारेसमेत सबै माझ राखेँ ।’ विजेता बनेँ, त्यो खुसीको कुरा हो । तर, विजेता नभएको भए पनि सहभागी हुन पाएकोमा भाग्यमानी ठान्ने उहाँले बताउनुभयो । ‘नेपाली महिलाले पनि केही गर्न सक्छन् भनेर प्रमाणित गर्न सफल भएँ । यो देशका लागि उपलब्धि हो,’ उहाँको जिकिर थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले नेपालले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा उपलब्धि हासिल गर्न अझै धेरै मिहिनेत गर्नुपर्ने बताउनुभयो । नेपालीहरूको समय ख्याल नगर्ने बानी अन्तर्राष्ट्रिय प्रतियोगितामा पछि पर्नुको मुख्य कारण हुने गरेको उहाँको भनाइ थियो ।
‘हामी नेपाली समयअनुसार चल्दैनाँै । मैले विश्वका विभिन्न कार्यक्रममा जाँदा अन्य प्रतियोगी समयअनुसार चलेको पाएको छु,’ शाक्यले भन्नुभयो, ‘समयलगायत धेरै कुरामा अझै नेपालीले मिहिनेत गर्नुपर्छ ।’ हामी विश्वका अन्य मुलुकभन्दा कलासंस्कृतिमा धनी भएकाले प्रतियोगिताका लागि प्रस्तुत गर्ने विषय हामीसँग धेरै रहेको उहाँले बताउनुभयो ।
बस्नेतलाई ‘हेरिटेज प्याजेन्ट’मा ग्रिनआर्ट मिडियाले पठाएको हो । मिडियाकी अध्यक्ष अनिला श्रेष्ठले धेरै मिहिनेतपछि यो वर्ष नेपाललाई उपलब्धि हात परेको बताउनुभयो । मिडियाको प्रतियोगी छान्ने प्रक्रिया अन्यभन्दा भिन्न र उत्कृष्ट भएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उपलब्धि हासिल गर्न सफल भएको उहाँको जिकिर थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच