काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको छ । लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले पुनः म्याद थपका लागि आइतबार बिहानै कास्की जिल्ला अदालत पुर्याएको हो ।
रविसँगै छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालत पुर्याइएको छ । लामिछानेमाथि अनुसन्धान गर्न अदालतले यसअघि कात्तिक २५ गते १३ दिन म्याद थप दिएको थियो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लागिछानेमाथि अनुसन्धान गर्न प्रहरीले पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको समय पाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच