क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरामा अहिलेसम्मकै सम्भवतः ठूलो धनराशिको पुरस्कार भएको नेपाली क्रिकेट महोत्सव आयोजना हुने भएको छ । क्यानबेरामा आयोजित एक कार्यक्रमबीच उक्त प्रतियोगिताका बारेमा जानकारी गराइएको हो ।
क्रिकेटका माध्यमबाट आपसी सद्भाव र खेलाडीबीचको चिनजान अनि नेपाली क्रिकेट टिमको अस्ट्रेलियामा श्रीवृद्धि गर्नु यो महोत्सवको उद्देश्य रहेको आयोजक संस्थाका अध्यक्ष सन्देश कँणेलले जानकारी गराउनुभयो ।
चारदिने उक्त महोत्सवमा क्रिकेट खेलका साथै नेपाली खानाको स्टल, बालबालिकाहरूका लागि जम्पिङ क्यासलका साथै अन्य रमाइला गतिविधिहरू पनि सञ्चालन गरिने आयोजक संस्थाले जानकारी गराएको छ ।
आगामी डिसेम्बर ३ देखि ६ तारिखसम्म बिहान ८ः३० देखि साँझ ६ः३० बजेसम्म क्यानबेराको लाइनाम क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताका विजेताहरूले पहिलो पुरस्कार १५ हजार अस्ट्रेलियन डलर पाउनेछन् भने उपविजेताले पाँच हजार डलर पुरस्कार पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच