काठमाडौं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ । २७औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले केबुलकारका साथै नेपालकै केबुलकारका स्रष्टा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठलाई सम्झँदै उहाँको साहसिक एवं ऐतिहासिक कार्यलाई स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । केबुलकार सञ्चालनपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै वरिपरिका क्षेत्र भारतलगायत विश्वभरमा नै एक प्रमुख गन्तव्यका रूपमा स्थापित भइसकेको छ । २६ वर्ष पुगिसकेको एनालग प्रविधिको मर्मतसम्भारका साथै स्पेयर पार्ट्ससमेत पाउन कठिनाइ हुने स्थिति मध्यनजर गर्दै कम्पनीले हालकै नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गरेको छ ।
साथै मनकामना केबुलकार हाताभित्र नै सुविधासम्पन्न रिसोर्टको निर्माण अन्तिम चरणमा पुगेको छ । नवनिर्मित रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट सञ्चालनपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तव्य बनाउने कम्पनीको लक्ष्य रहेको छ ।
सुरुवाती वर्षमा १० लाख यात्रुलाई सेवा दिएकोमा क्रमशः बढ्दै गएको छ र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिँदै आएको कम्पनीले जनाएको छ । साथै यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिएको छ । स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठकै पालादेखि उहाँको नीतिअनुसार कम्पनीले सुरुदेखि नै सामाजिक व्यावसायिक उत्तरदायी नीतिअनुसार मनकामना र आसपास क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्नलाई सहयोग गर्दै आएको छ ।
विनाशकारी गोरखा भूकम्पमा समेत कम्पनीले सहयोग गरेको थियो । कम्पनीले केबुलकार टिकट आम्दानीको कुल रकमको एक-एक प्रतिशतका दरले कुल दुर्ई प्रतिशत रकम शहीद लखन गाउँपालिका गोरखा र इच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि भनी वर्षेनी सहयोग गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच