काठमाडौं । भाटभटेनी सुपरमार्केटका भवनका छतबाट साढे १२ मेगावाटभन्दा बढी बिजुली निकालिने भएको छ । भाटभटेनी र रिन्यु होल्डिङ्स प्रालिबीच भाटभटेनीका देशभर रहेका सुपर मार्केटका छत तथा खाली स्थान उपयोग गरेर १२.७५० मेगावाट बराबरको सौर्य विद्युत् उत्पादन तथा सहकार्यका लागि सम्झौता भएको हो ।
सम्झौतापत्रमा भाटभटेनीका सञ्चालक सावित्री गुरुङ र रिन्यु होल्डिङ्सका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । रिन्यु होल्डिङ्सले सोलर, हाइड्रोलगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ ।
भाटभटेनीले देशभर २७ सुपरमार्केटको स्थापना गरिसकेको छ भने आगामी पाँच वर्षमा ५१ स्टोर स्थापना गर्ने लक्ष्य लिएको छ । गो ग्रिनअन्तर्गत आगामी पुस्तालाई सचेत गराउन सौर्य ऊर्जामा लाग्न खोजिएको भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच