काठमाडौं । नेपाल टेनिस संघले डेविस कपको अघिल्लो चरणमा बढुवा भएको नेपाली पुरुष टेनिस टोलीलाई सोमबार सम्मान गरेको छ । टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल र सदस्य निरेश श्रेष्ठले टोलीलाई सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच सम्मान गर्नुभयो ।
नोभेम्बर १८ देखि २३ तारिखसम्म बहराइनको मानामामा भएको डेविस कप (एसिया/ओसिएना क्षेत्र) मा सहभागी खेलाडी अभिषेक बाँस्तोला, प्रदिप खड्का, प्रणव खनाल, प्रणव मानन्धर र रितिक राणा तथा प्रशिक्षक शरद लामा सम्मानित हुनुभएको हो । रितिक भने कार्यक्रममा उपस्थित हुनुभएन ।
ग्रुप ५ को प्रतियोगितामा नेपालसहित १५ राष्ट्रको सहभागिता थियो । नेपाल रहेको समूह ‘ए’ मा गुआम र ब्रुनाई थिए । नेपालले गुआमलाई २-१ तथा ब्रुनइलाई ३-० ले पराजित गर्दै समूह विजेता बनेको थियो । नेपालले समूह ‘डि’ को विजेता आयोजक बहराइनलाई २-० ले हराउदै ग्रुप ४ मा बढुवा भएको हो । डेविस कपमा नेपालले अघिल्लो वर्षदेखि मात्र सहभागिता जनाएको थियो ।
यो प्रतियोगिताबाट नेपालसंगै फिलिपिन्स पनि ग्रुप ४ मा प्रवेश गर्न सफल भएको छ । ग्रुप ४ को प्रतिस्पर्धामा यि दुई राष्ट्रसंगै श्रीलंका, किर्गिस्तान, कम्बोडिया, इराक, मलेसिया र प्यासिफिक ओसिएना गरी आठ राष्ट्र सहभागी हुने छन् । ग्रुप ४ को आयोजनास्थल र मिति भने टुंगो लागेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच