-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । जिल्लाको कोहलपुर नगरपालिकामा अत्याधुनिक प्रविधियुक्त शवदाह गृह निर्माण भइरहेको छ । कोहलपुर–११स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा शवदाह गृह निर्माण भइरहेको हो । असोज १९ गते शिलान्यास भएको शवदाह गृह कुल लागत १ करोड २५ लाख लाग्ने अनुमान गरिएको छ ।
कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पुर्वपट्टी डुडुवा र रोहिणी खोलाको संगमस्थलमा निर्माण भइरहेको शवदाह गृह निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । शवदाह गृह निर्माण समितिका संयोजक चक्रबहादुर अधिकारीका अनुसार यसको ८० काम सम्पन्न भइसकेको छ । माघ महिनादेखि औपचारिक रुपमा सञ्चालनमा ल्याउनेगरी तीव्र गतिमा निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो ।
आगामी माघ महिनामा शवदाह गृह सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।,’अधिकारीले बताउनु भयो ।
शवदाह गृह निर्माणका लागि स्थानीय सरकार, व्यवसायी र बैंकहरुबाट राम्रो सहयोग पाइएको उहाँको भनाइ छ । कोहलपुर नगर विकास समितिबाट ५० लाख रुपैयाँ ऋण लिएर शवदाह गृह निर्माण भइरहेको हो ।
शवदाह गृह निर्माणमा एभरेष्ट बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आईएमई बैंकले २० लाख सहयोग गरेको छ । गोल्छा,समूह र दुगड समूहलेसमेत शवदाह गृहको लागि आवश्यक संचरना निर्माणको बाचा गरेको र छिट्टै सहयोग हस्तान्त्रण गर्ने उहाँले बताउनुभयो । शवदाह गृह निर्माण व्यवस्थापन समितिका संयोजक एवम् कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष वीरेन्द्र कुमार शाहले लामो समयको प्रतिक्षाका लागि कोहरपुरबासीको सपना पूरा हुने चरणमा पुगेको बताउनु भएको छ । कोहलपुरमा शवदाह गृह नहुँदा ४२ किलोमीटर दुरी पार गरेर राप्तीसोनारीस्थित अगैया जानुपर्ने बाध्यता हट्ने भएको छ । शवदाह गृह निर्माणका लागि ग्लोबल आईएमई बैंकले २० लाख सहयोग गरेको छ ।
कोहलपुर नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच बैंककी लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले नगरपालिकाकी कार्यबाहक नगर प्रमुख संगीता सुवेदीलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै कार्यबाहक नगर प्रमुख सुवेदीले नगरपालिकाले सुरु गरेको पुण्य कामका लागि २० लाख रुपैयाँ सहयोग गरेको भन्दै ग्लोबल आईएमई बैंकलाई धन्यवाद दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच