काठमाडौं । एमेच्योर गल्फर राहुल विकले सूर्य नेपाल गल्फ टुर २०२४/२५ सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि चुम्नुभएको छ । पार-७२ को गोकर्ण गल्फ क्लबमा राहुलले प्रोफेसनल गल्फर तोरणविक्रम शाहीमाथि एक स्ट्रोकको अग्रतासहित करियरको पहिलो उपाधि चुम्नुभएको हो । राहुलले कुल १२ अन्डर २७६ स्कोर बटुल्दै अघिल्लो दिनसम्म अग्रता लिएका तोरणविक्रमलाई पछि पार्नुभयो । यससँगै उहाँले एमेच्योरतर्फको उपाधि पनि सुरक्षित गर्नुभयो ।
नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यलाई पाँच स्ट्रोकले पछि पार्दै राहुलले एमेच्योरतर्फ उपाधि आफ्नो बनाउनुभएको थियो । अन्तिम तथा फाइनल चरणमा राहुलले पाँच अन्डर ६७ को प्रदर्शन गर्नुभयो । शीर्ष स्थानका तोरणविक्रमसँग चार स्ट्रोकले पछि रहँदै उहाँले अन्तिम दिनको सुरुवात गर्नुभएको थियो ।
फ्रन्ट नाइनमा राहुलले चार अन्डर ३२ प्रदर्शन गर्नुभयो । तर, तोरणविक्रम भने इभन पार ३६ खुम्चिनुभयो । ब्याक नाइनमा पनि राहुलले एक अन्डर ३५ मा खेल्नुभयो । यता, तोरणविक्रमले ब्याक नाइनमा पनि सोही प्रदर्शन दो¥याएपछि राहुलले ट्रफी सुरक्षित गर्नुभएको हो । तोरणविक्रमले इभन पार ७२ मा रहँदै अन्तिम दिनको खेल पूरा गर्नुभयो ।
राहुलले १६औं होलमा आएर तोरणविक्रमविरुद्ध अग्रता लिनुभएको हो । यस होलमा राहुलले बर्डी प्रहार गर्नुभयो र यसपछि अग्रता जारी राख्दै जित निकाल्नुभयो । राहुलले मुख्य र एमेच्योरतर्फको ट्रफी आफ्नो बनाउनुभयो । तर, च्याम्पियन बापतको पुरस्कार भने तोरणविक्रमले प्राप्त गर्नुभयो ।
एमेच्योर गल्फर च्याम्पियन हुँदा मुख्य ट्रफी मात्र पाउँछन् । पुरस्कारमा भने प्रोफेसनल गल्फर नै हकदार हुन्छन् । त्यसैले दोस्रो स्थानमा रहे पनि प्रोफेसनल गल्फर तोरणविक्रमले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । तोरणविक्रम समग्रमा ११ अन्डर २७७ को कार्डमा रहनुभयो ।
सद्भाव आचार्य एमेच्योरतर्फ दोस्रो र समग्रमा तेस्रो हुनुभयो । विजेतालाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहिरी र प्रोफेसनल गल्फर एसोसिएसन नेपालका सल्लाहकार घनश्याम थापाले पुरस्कृत गर्नुभएको थियो । नीरज तामाङ र भुवन नगरकोटी प्रोफेसनलतर्फ संयुक्त रूपमा दोस्रो र समग्रमा चौथो स्थानमा रहनुभयो ।
यी दुईले समान तीन अन्डर २८५ को स्कोर बटुल्नुभयो । दुवैले ८७ हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्नुभयो । सुनील केसी र जयराम श्रेष्ठ संयुक्त रूपमा छैटौं हुनुभयो । यी दुई समान इभन पार २८८ मा रहनुभयो र समान ५८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । एमेच्योर गल्फर गजेन्द्र गुरुङले पार–३ को १०औंं होलमा होल इन वान गर्नुभयो । यसबापत उहाँले प्रोफेसनल गल्फर संघ नेपालबाट विशेष पुरस्कार प्राप्त गर्नुभयो । कुल १२ ओभर ३०० को स्कोर कार्ड बटुल्दै उहाँ एमेच्योरमा तेस्रो हुनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच