रेशम चौधरीको पार्टीले जित्यो भजनी नगरपालिकाको मेयर-उपमेयर

Read Time = 1 min

धनगढी । कैलालीको भजनी नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा केवललाल चौधरी र उपप्रमुखमा राजु तिरुवा निर्वाचित हुनुभएको हो ।

केवललालले गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) का शेरबहादुर चौधरीलाई पराजित गर्नुभयो । उहाँले सात हजार ४७५ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी शेरबहादुरले तीन हजार ८७१ मत प्राप्त गर्नुभयो ।

नगर उपप्रमुखमा निर्वाचित तिरुवाले नेपाली कांग्रेसका गोकर्ण भण्डारीलाई पराजित गर्नुभएको हो । तिरुवाले ६ हजार २२५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी भण्डारीले तीन हजार ५३७ मत प्राप्त गर्नुभयो ।

भजनीमा नागरिक उन्मुक्ति पार्टीले तीन वडामा जित हासिल गरेको छ । त्यसैगरी गठबन्धनले चार र एमालेले दुई वडामा जित हासिल गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?