हेटौंडा । हेटौंडा–१२, मा हुने स्थानीय तह उपनिर्वाचनको तयारी पूरा भएको छ ।
आइतबार हुने मतदानका लागि मतदान अधिकृत, सहायक अधिकृत र अन्य कर्मचारी खटाउने, मतदान केन्द्रको निर्माण, मतपत्र र मतपेटिका पुर्याउने तथा सर्वदलीय बैठक राख्नेलगायत सम्पूर्ण कार्य पूरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
बागमती प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार यस वडामा कुल ८ हजार ५३ मतदाता रहेका छन् । मतदातामध्ये ४ हजार ४ सय २८ जना पुरुष र ३ हजार ६ सय २५ जना महिला रहेका छन् ।
मतदताका लागि दुई स्थानमा मतदान स्थलको व्यवस्था गरिएको छ । प्रतिभा मावि सिक्रेनीमा ५ र विष्णु ज्योति मावि भोर्लेमा ४ वटा गरी ९ वटा मतदान केन्द्र रहेका छन् ।
वडाध्यक्षमा एमालेबाट राजेश नगरकोटी, कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, माओवादी बाट प्रधा रविकुमार प्रधान, रास्वपाबाट आशावीर बल, राप्रपाबाट प्रेमबहादुर भोलन, जसपाबाट छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशबाट दीपा लामा, नेमकिपाबाट फूलमाया तितुङ र एकीकृत समाजवादीबाट बलराम बल उम्मेदवार छन् ।
वडाअध्यक्ष पदका लागि स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी पनि उम्मेदवार छन् ।
वडाबाट निर्वाचित वडाध्यक्ष ललित घलान जिल्ला समन्वय समितिका प्रमुखमा निर्वाचित भएसँगै रिक्त रहेको स्थानमा निर्वाचन हुन लागेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच