तानसेन । तानसेनमा क्रिकेट प्रतियोगिता हुने भएको छ । नगरपालिकाको आयोजनामा दोस्रो मेयर क्रिकेट कप मंसिर १६ गते आइतबार (आज)देखि टुँडिखेल मैदानमा हुन लागेको हो । प्रतियोगितामा नगरभित्रका ११ वडाका ११ समूहले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा पहिलो हुनेले एक लाख एक हजार १११ रुपैयाँ र दोस्रो हुनेले ५० हजार ५५५ रुपैयाँ मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने नगर खेलकुद विकास समितिका अध्यक्ष हेमन्त शाक्यले जानकारी दिनुभयो । नगर क्षेत्रका खेलाडीमा अन्तरनिहित क्षमताको विकास गर्न र खेल क्षेत्रका माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिताको आयोजना गरिएको शाक्यले बताउनुभयो ।
प्रतियोगिताका उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानले दुई हजार पाँच सय र उत्कृष्ट खेलाडीले पाँच हजार पाउने जनाइएको छ । प्रतियोगिताको फाइनल खेल मंसिर २५ गते हुने शाक्यले बताउनुभयो । आज हुने उद्घाटन खेल वडा नम्बर ९ र वडा नम्बर १२ बीचमा हुने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच