टुँडिखेलमा मकर संक्रान्तिको रौनक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा मकर संक्रान्ति (माघी) पर्व मनाइएको छ ।

आज माघे संक्रान्तिको दिन काठमाडौंको टुँडिखेलमा मगर र थारु समुदायले माघी विशेष मेला आयोजना गरी माघी पर्व मनाएका हुन् । सो अवसरमा वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म ¥याली समेत गरिएको हो । मेलामा माघी पर्वमा पाक्ने परिकार र थारू पहिरनले भmकिझकाउ बनाएको थियो ।

मेलामा ढिक्री, घोंगी, माछा र गँगटाजस्ता परिकारहरु राखिएको छ । माघीको अवसरमा नाचिने माघी, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाँच थारु समुदायमा प्रश्तुत गर्ने गरिन्छ ।

मेलामा आएका सर्वसाधारण अत्याधिक भीडभाडका कारण चेपिएर ८ जना घाइते समेत भएका छन् । कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन् ।

भीडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उनीहरुको अवस्था सामान्य छ ।

भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा बढेको भीडमा उनीहरु चेपिएका प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?